Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३७:०४ बिहान
- ADVERTISEMENT -

नेपाली कांग्रेस, माछापुच्छ्रे गाँउपालिका १ ईकाईद्धारा २ सय ५६ परिवारलाई राहत बितरण

प्रकाशित मिति: २०७७ जेठ २१, बुधबार

827
Shares

पोखरा, २१ जेठ २०७७ । नेपाली कांग्रेस, माछापुच्छ्रे गाँउपालिका, वडा नम्बर १ ईकाईले वडामा राहत बितरण गरेको छ । कोरोना भाइरस (कोभिड१९) का कारण समस्यामा परेका माछापुच्छ«े गाँउपालिका, वडा नम्बर १ का स्थानिय २ सय ५६ परिवारलाई खाद्यान्न बितरण गरेको हो ।

राहत बितरणको संयोजन नेपाली कांग्रेस, माछापुच्छ्रे गाँउपालिका, वडा नम्बर १ ईकाई सभापति भिम बहादुर गुरुङले गर्नुभएको थियो । लकडाउनले गर्दा काम गर्न नपाएको अवस्थामा जनता भोको रहने अवस्था आएपछी नेपाली कांग्रेस प्रति आस्था राख्ने ब्याक्तिहरुसंग मिलेर राहत उपलब्ध गराएको उहाँले बताउनुभयो ।

सरकारले यो भन्दा अगाडी एकपटक वडामा राहत बाडेको भएपनि लकडाउन लम्बिदै जादा त्यो प्रयाप्त नभएकोले नेपाली कांग्रेसले जनताको दुःख देख्न नसकेर फेरी राहत वितरण गरेको उहाँले बताउनुभयो । राहतको प्याकेजमा एक बोरा चामल, एक किलो नुन, आधा लिटरको एक प्याकेट तेल र एउटा साबुन रहेको उहाँले जानकारी दिनुभयो ।

संघिय सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रीत सदस्य सुर्यबहादुर के.सीको विषेश सहयोगमा राहत बितरण गरिएको राहत संकलन अभियानकर्ता तथा नेपाली कांग्रेसका आमन्त्रीत जिल्ला सदस्य मेस बहादुर गुरुङले जानकारी दिनुभयो । यसैगरि घाचोक घर भई हाल हङकङ, निवासी विष्णु गुरुङ, अमेरिक निवासी पान बहादुर तामाङ लगाएत वडामा रहनुभएका नेपाली कांग्रेस प्रति आस्था राख्नेहरुको राहत संकलनमा सहयोग रहेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसले राहत वितरण गरेपनि आफुहरुले सबैलाई समेटेको अर्का राहत संकलन अभियानकर्ता तथा नेपाली कांग्रेस, माछापुच्छ्रे गाँउपालिका, वडा नम्बर २ ईकाई सभापती गुञ्जमान गुरुङले बताउनुभयोे । “राहत नेपाली कांग्रेसले बाडेको भएपनि हामीले यो पार्टी त्यो पार्टी भनेर छुट्याएका छैनौ” उहाँले भन्नुभयो “यो संकटको समयमा पनि यो पार्टी त्यो पार्टी भनियो भने मानवियता नै रहदैन ।” राहत बितरणमा कोही पनि नछुटोस भनेर वडा कार्यालयबाट पहिले राहत लिनेको लिस्ट मगाएर समन्वयन गरिएको उहाँले बताउनुभयो । लकडाउन थपिदै जादा समस्यामा परेकाहरुको पनि खोजी गरेर राहत उपलब्ध गराईएको गुरुङको भनाई छ ।

लकडाउनको समयमा ग्रामिण भेगका महिलाहरु बढी मारमा परेको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ महिला संघकी सचिव टेकनशोभा गुरुङले बताउनुभयो । ग्रामिण भेगमा पुरुष भन्दा बढी महिलाहरु चुल्हाचौकामा रहने कारणले बिहान बेलुका के पकाउने भन्ने समस्यामा रहेको उहाँले बताउनुभयो । चुल्होमा आगो कसरी बाल्ने भन्ने समस्यामा परेका महिलाहरुको लागि राहतले आहत मिलेको उहाँले जानकारी दिनुभयो ।
माछापुच्छ्रे गाँउपालिका, वडा नम्बर १ भौगोलिक रुपमा टाढा टाढा भएको कारण राहत बितरण गर्न दुई दिन लागेको उहाँले बताउनुभयो । वडा नम्बर १ को टुसेमा आईतबार राहत बितरण गरेको ईकाइले सोमबार रुम्जा, चैरेपाखा, धिप्राङ, मिर्सा, करुवा, कवजे, साँदल लगाएत गाँउमा राहत बितरण गरिएको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ महिला संघकी सचिव टेकनशोभा गुरुङले जानकारी दिनुभयो ।

राहत वितरणको समयमा संगै रहनुभएकी सहयोगी विष्णु गुरुङले यो समयमा सबैले सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो । आफु हङ्गकङ्गमा हुँदा देशमा संकट आईपर्दा निकै दुःख लाग्ने गरेको बताउदै यो पटकको संकटमा गाँउमा नै रहेर सहयोग गर्न पाँउदा आत्मसन्तुष्टी मिलेको उहाँले बताउनुभयो । “हुन त म पनि साह्रै नै धनी त होईन, तर पनि आफु भन्दा कमजोर आर्थिक अवस्था भएकालाई केही सहयोग गर्न पाउदा मनमा फरक अनुभती भएको छ” उहाँले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -