काठमाडौं, २१ जेठ २०७७ । अन्ततः ब्यापक जनविरोधपछि जेठ २५ गतेसम्म कर भुक्तानी गर्न तोकेको समयसिमा थप गर्न सरकार तयार भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँगको छलफलमा अर्थसचिव शिशिरकुमार ढुंगानाले कर भुक्तानी समय थप गर्न तयार रहेको बताएका हुन् ।
आन्तरिक राजस्व विभागले जेठ २५ गतेसम्म सम्पूर्ण कर भुक्तानी गरिसक्न मंगलबार सार्वजनिक सूचना जारी गरेको थियो।
लकडाउन जेठ ३२ गतेसम्म निरन्तर रहने सरकारको घोषणा छ। तर कर भने २५ गतेभित्रै बुझाउने उर्दीका कारण ब्यवसायीका साथै सरोकारवालाहरु अप्ठेरोमा परेका थिए।
अर्थसचिव ढुंगानाले कसरी सहजीकरण गर्न सकिन्छ भनेर छलफल भएको जानकारी दिँदै आवश्यक निर्णय लिइने बताए।
सम्भवतः आजै साँझ सरकारले कर भुक्तानी गर्ने समय बढाउने निर्णय गर्ने छ।








































