Opens in a new tab
२०८३ मंसिर १, सोमबार
६:४३:५७ बिहान
- ADVERTISEMENT -

सरकारको कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञाको विकल्प छैन – देउवा

प्रकाशित मिति: २०७७ जेठ २१, बुधबार

943
Shares

काठमाडौँ, २१ जेठ २०७७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले गरेको करसम्बन्धी ताकेता फिर्ता लिएर समयावधि थप गर्न सुझाव दिएका छन् ।

बुधबार एक विज्ञप्ति जारी गरेर सभापति देउवाले सरकारको ताकेतामा भद्र अवज्ञाको विकल्प नरहेको बताउँदै कर तिर्ने समयावधि थप गर्न सरकारलाई आग्रह गरेका हुन् ।

“जेठ २५ भित्र कर तिर्न निर्धारित समयावधिको ताकेता तत्काल फिर्ता गरेर स्थिति मूल्यांकन साथ संवादमार्फत समयावधि थप गर्न सरकारसमक्ष माग गर्दछु,” देउवाले भनेका छन्, ‘सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहँदैन ।’

देउवाले लकडाउन जारी रहेकै बेला केवल कर तिर्न ताकेता गर्नुले सरकार गम्भीर र जिम्मेवार होइन दायित्व तथा संवेदनाविहिन रहेको पुष्टि भएको उल्लेख गरेका छन् । कोरोनाका कारण नागरिकको जीवन र मुलुकको अर्थतन्त्रले चुनौती भोग्नुपरेका बेला अनावश्यक खर्च घटाउन मितव्ययिताका लागि गर्नुपर्ने र गर्न सकिने निर्णयका लागि सरकार गम्भीर नभएको उनको ठहर छ ।

आन्तरिक राजस्व विभाग मार्फत सरकारले जेठ २५ भित्र विभिन्न कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेको छ ।

- ADVERTISEMENT -