Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१५:३६ बिहान
- ADVERTISEMENT -

समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै कांग्रेसद्वारा संविधान संशोधन प्रस्ताव दर्ता

प्रकाशित मिति: २०७७ जेठ २०, मंगलबार

1544
Shares

काठमाडौं, २० जेठ २०७७ । नेपाली कांग्रेसका ८ जना सांसदहरुले संविधान संशोधन प्रस्ताव दर्ता गराएका छन् । सांसद अमरेशकुमार सिंहले मंगलबार संशोधन प्रस्ताव दर्ता गराएको जानकारी दिए ।

उनले नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले यसअघि दर्ता गराएको विधेयकमा केही थप गरिएको बताए । उनका अनुसार संशोधन प्रस्तावमा समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्ने कुरा थप गरिएको छ । संविधानमा समावेशी प्रतिनिधित्वको व्यवस्था छ ।

संविधानको धारा ५६ मा संघीय संरचना पुनरावलोकन अयोग गठन, धारा २८७ मा संघीय आयोग गठन, धारा ८२ मा रहेको समावेशी प्रतिनिधित्वको ठाउँमा समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने संशोधन प्रस्तावमा उल्लेख छ ।

त्यस्तै संविधानको धारा ११ मा संशोधन गरी नेपालीसँग विवाह गरी आएकी महिलाले सम्बन्धित देशको नागरिकता त्याग्‍ने प्रक्रिया सुरु गरेपछि वैवाहिक अंगिकृत नागरिकता लिनसक्ने व्यवस्था थप गर्न माग गरिएको छ ।

सांसदहरु प्रदीप गिरी, उमाकान्त चौधरी, अमरेशकुमार सिंह, तेजुलाल चौधरी, चित्रलेखा यादव, अभिषेकप्रताप शाह, नमिता चौधरी र पद्मनारण चौधरीले संशोधन विधेयक दर्ता गराएका हुन् ।

कांग्रेसको शनिबार बसेको केन्द्रीय समिति बैठकले संशोधन प्रस्ताव लैजाने निर्णय गरेको थियो ।

यसअघि सोमबार जनता समाजवादी दलले पनि संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो । उक्त प्रस्तावमा भाषा, नागरिकता, राष्ट्रियसभाको संरचना, संघीय सीमांकन आयोग गठन र संविधानको धारा २७४ को उपधारा ७ संशोधन गर्न गर्ने विषय समावेश गरिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -