काठमाडाैं, १९ जेठ २०७७ । नेपाल विद्यार्थी संघका महामन्त्री वलदेव तिमल्सिनाले योजना, तयारी र पूर्वाधार बिना शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लामो समयदेखि जारी लकडाउनका कारण प्रभावित भएको शैक्षिक संस्थामा असार १ गतेदेखि शैक्षिक क्रियाकलाप सुरु गर्न आव्हान गर्नु मन्त्रालय र स्वयम मन्त्रीको शिक्षा क्षेत्रमाथीको हेलच्यॉंक्र्याइ र बालबालिकाको भविष्य माथीको खेलबाडको प्रयास भएकाे बताएका छन् ।
महामन्त्री तिमल्सिनाले महामारीको कारण तत्काल विद्यालयहरू खोल्न सक्ने अवस्था नरहेको र बैकल्पिक प्रणलीबाट विद्यार्थीको पठनपाठन सुचारु गर्न मन्त्रालयले हालसम्म कुनै तयारी नगर्नु, इन्टरनेट, डिभाइस लगायतको उपलब्धता नभएको, नेटवर्कको बिस्तार र पहुॅंच नभएको, नटवर्क भएका ठाउॅंमा पनि महॅंगोमा पैसा तिरेर किन्न सक्ने हैसियत नभएका विद्यार्थीहरुको समस्या हल गर्ने कुनै योजना नल्याउने र बेलाबखत उट्पट्यॉंग कुरा गर्ने शिक्षामन्त्रीको गतिबिधिले शिक्षा क्षेत्र झन अस्तब्यस्त बन्दै गएकाे बताएका छन् ।
उनले भने- ‘पटक पटकको विद्यालय खोल्ने अभिब्यक्ति सार्बजनिक गर्नु र फिर्ता लिनु, नीजि विद्यालयलाई सामुदायिक विद्यालको ब्यबस्थापन हस्तान्तरण गर्न बजेट बक्तब्यमा प्रस्ताव गर्न लगाएर पछि आफूलाई थाहा नै नभएको बताउनु, कोरोना महामारीको स्थिती र अवस्था हेरी विद्यार्थीहरुको पठनपाठनलाई सुचारु गर्ने तथा स्थगन भएका परीक्षाहरु संचालन गर्ने र शिक्षा क्षेत्रका चुनौतीहरुलाइ सामना गर्ने सन्दर्भमा प्रशस्तै अवसर यो महामारीमासॅंगै प्रप्त हुँदाहुँदै पनि कुनै सिन्को समेत नभॉंच्नु लगायतका कयौं दृष्टान्तबाट नै मन्त्री र सरकारको अकर्मण्यता पुष्टी गरेको छ ।’
‘पटक पटक हचुवामा बोल्ने र आफ्नो भनाइमा अडिग रहन नसक्ने शिक्षा मन्त्रीको बिरोधाभाष अभिब्यक्तिले आम विद्यार्थी र सरोकारवालाहरुमा अन्योलता छाएको छ ।
यसअघि सार्वजनिक भएको सामुदायिक विद्यालयलाई क्वारेन्टाइन बनाउने र संस्थागतमा नियमित पठनपाठन सुचारु गराउने भन्ने विषय सर्वथा गलत छ । संक्रमणको उच्च जोखिम छ । लकडाउन थपिँदै छ । संस्थागत विद्यालयमा अध्ययनरत करीब २२ लाख स-साना बालबालिकालाई हतारमा जोखिम क्षेत्रमा पठाउन खोजेर कसकाे स्वार्थ पूरा गराउन खोजिँदै छ ?
बालबालिकाको स्वास्थ्य भन्दा ठूलो विद्यालयको ब्यापार र माफियाहरुको स्वार्थ हुन सक्दैन’ महमन्त्री तिमल्सिनाले भने ।








































