काठमाडौं, १५ जेठ २०७७ । सरकारले अनलाइन सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने भएको छ । बजेट भाषण मार्फत अर्थमन्त्री युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।
पत्रकारको व्यवसायिकता विकास गर्नका लागि कार्यक्रम सञ्चालन गरिने, पत्रकार दुर्घटना बीमा र पत्रकार वृत्ति कोषलाई सञ्चारकर्मीको हितमा प्रयोग गरिने उनले उल्लेख गरेका छन् ।
सार्वजनिक सरोकार र लोककल्याणकारी विज्ञापन अनलाइनबाट प्रशारण गर्ने व्यवस्था मिलाउने उनले घोषणा गरे ।








































