Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३४:२५ बिहान
- ADVERTISEMENT -

होटललाई ‘क्वारेन्टाइन’ बनाउन व्यवसायी तयार

प्रकाशित मिति: २०७७ जेठ १३, मंगलबार

614
Shares

काठमाडौँ, १३ जेठ २०७७ । सर्तसहित होटलहरूलाई क्वारेन्टाइन बनाउन व्यवसायीहरू तयार भएका छन् । होटलहरूको छाता सङ्गठन होटल एसोसिएसन अफ नेपाल (हान) ले पर्यटन विभागसँगको छलफलपछि यसका लागि तयार भएको हो । यद्यपि हानले क्वारेन्टाइन सञ्चालनका लागि आफ्नो तर्फबाट विभिन्न सर्तसहितको विवरण विभागलाई बुझाएको छ ।

हानले स्वास्थ्यकर्मी र कोरोना रोकथामका लागि खटिएका व्यक्ति तथा विदेशमा अलपत्र रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउने क्रममा होटललाई क्वारेन्टाइनका रूपमा उपयोग गर्ने सरकारले निर्णय गरेमा त्यसका लागि आवश्यक समन्वय गर्न तयार रहेको जनाएको हो ।

यसरी क्वारेन्टाइन सञ्चालन गर्दा बस्ने पाहुनाको चेकइनपूर्व नै स्वास्थ्य चेकजाँच गरी सङ्क्रमण नभएको प्रमाण हुनुपर्ने, प्रत्येक दिन पटकपटक स्वास्थ्य जाँच हुनुपर्ने र होटल सञ्चालनका लागि तोकिएको अन्तर्राष्ट्रिय मापदण्डको क्षति हुन नहुने हानले सर्त राखेको छ ।

हानले क्वारेन्टाइन अवधिभर उपलब्ध गराइने चार छाक पौष्टिक आहार, आधारभूत सबै सेवा र कर्मचारीको पारिश्रमिक, सेवा शुल्क, कर दस्तुर र सबै खर्च होटलको स्तरअनुसारको विवरण पनि विभागलाई पेस गरेको छ । यद्यपि पछिल्लो दुई महिनाभन्दा बढी समय होटल बन्द रहेकाले कर्मचारीको उपलब्धताअनुसार क्वारेन्टाइन सञ्चालन गर्ने नगर्ने निर्णय भने सम्बन्धित होटलको रहने पनि हानले स्पष्ट पारेको छ ।

क्वारेन्टाइन सञ्चालन गर्ने होटल आधिकारिक सरकारी निकायमा दर्ता भएको हुनुपर्ने पनि सङ्घले जनाएको छ । होटललाई क्वारेन्टाइन सञ्चालन गर्दा समन्वयका लागि हानका प्रतिनिधिसमेत रहनेगरी सम्बन्धित सरकारी निकाय सम्मिलित समिति गठन हुनुपर्नेमा हानले जोड दिएको छ । देशभरका विभिन्न १५ क्षेत्रीय सङ्घअन्तर्गत तीन हजार पाँच सय होटल हानका सदस्य छन् ।

हानले यसबाहेक आगामी बजेटमा राहतका कार्यक्रमको अपेक्षा गरिएको र होटल सञ्चालनका लागि आवश्यक वातावरण तयार नभए आगामी छ महिनाका लागि कानुनी रूपमै होटल बन्द गर्ने निर्र्णय पनि गरेको छ । बजेटमार्फत हानले रोजगारी संरक्षण कोषको स्थापना, ऋण तिर्ने म्याद तीन वर्ष पछि सार्ने, ब्याजदर घटाउनुपर्नेजस्ता माग राखेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -