Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२७:४८ बिहान
- ADVERTISEMENT -

दमौलीमा कोरोना संक्रमित भेटियो भन्दै फेसबुकमा अफवाह फैलाउने पक्राउ

प्रकाशित मिति: २०७७ जेठ ४, आइतबार

741
Shares

तनहुँ, ४ जेठ २०७७। कोरोना भाइरस (कोभिड—१९) संक्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत तनहुँको दमौलीमा ३ जना कोरोना भाइरसका संक्रमित व्यक्ति भेटिएको गलत प्रचार गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको हो ।

तेह्रथुम जिल्ला म्याङ्गलुङ्ग नगरपालिका-७ स्थायी घर भई हाल व्यास-२ दमौली बस्दै आएका ३४ वर्षीय नवराज ढुङ्गानालाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

ढुंगानालाई जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार ‘झुठा अफवाह फैलाउन नहुने’ शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।

आफ्नो फेसबुक आइडीमार्फत “तनहुँको दमौलीमा कोरोना संक्रमित ३ जना पुष्टि भएको छ.…. ” भनी पोष्ट गरेर आम नागरिक माझ सन्त्रास फैलाएको देखिएकाले आवश्यक कानुनी कारवाहीका लागि ढुंगानालाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको प्रहरी प्रमुख सिलवालले बताए । जिल्ला प्रशासन कार्यालय तनहुँबाट १० दिनको म्याद थप गरि पक्राउ परेका ढुंगानामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँमा कोरोना संक्रमित भेटिएको छैन : स्वास्थ्य कार्यालय तनहुँ

तनहुँमा कोरोना भाइरसका संक्रमित नभटिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार तनहुँमा अहिलेसम्म कोरोना पुष्टि भएको छैन ।

अफवाह फैलाएर सर्वसाधारण आतङ्कित बनाउने काम नगर्न उनले अधिकारीले आग्रह गरेका छ्न ।

तनहुँमा अहिले सम्म विदेशबाट ८ सय ६२ जना आएको र र्‍यापिड डायग्नोस्टिक टेष्ट ६ सय ६८ (आरडिटि) गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य प्रमुख अधिकारिले जानकारी दिए ।

पोलिमरेज चेन रियाक्सन टेष्ट (पिसीआर) विधिबाट भने अहिलेसम्म ३९ जनाको कोरोना परिक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको अधिकारीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -