काठमाण्डौँ, ३ जेठ २०७७ । नेपाली सेनामा पनि कोरोना संक्रमण देखिएको छ । शनिवार स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको दुई जना नोपली सेनामा कार्यरत रहेको बुझिएको हो ।
नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय धनुषामा कार्यरत काभ्रेका २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । हाल उनीहरुलांई उच्च निगरानीमा राखेर उपचार गरीरहेको सवास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । अहिलेसम्म ३६ जना निको भईसकेका छन् ।









































