Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५९:५२ बिहान
- ADVERTISEMENT -

खेती लगाए पनि मलको आभावका कारण किसान चिन्तित

प्रकाशित मिति: २०७७ जेठ २, शुक्रबार

1060
Shares

गोरखा, २ जेठ २०७७ । किसानले खेती लगाए पनि मलको आभावका कारण किसान चिन्तित बनेका छन् । बर्खेबाली लगाउने बेला गोरखामा मलको अभाव भएको छ । सरकारले अनुदानमा प्रदान गर्ने मल आएको छैन भने कृषि सामग्री केन्द्रले समेत मल उपलब्ध गराउन सकेको छैन ।

गोरखाको भिमसेन थापा गाउपालिका वडा न ४ चौतारामा किसानले धानखेती गर्ने बेला मलको अभाव भएको हो । लामो समय सरकारले लागु गरेको लकडाउनका कारण कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङले मल वितरण नगर्दा मल अभाव भएको छ । किसानलाई अहिले मकै, तरकारी र चैते धानबालीको लागि युरिया मलको हाहाकार भएको हो ।

भिमसेन थापा गाउपालिका वडा न ४ चौताराका बासिन्दाले स्थानीय प्रशासनले मलको व्यवस्था गरिदिन आग्रह गरेका छन् । धान र मकैमा मल हाल्ने बेला हँुदासमेत मल नपाउँदा किसान चिन्तित भएका हुन् ।

कोभिड १९ को महामारीबाट सिर्जित लकडाउनका कारण बाहिरबाट मल आयात गर्ने क्रम पछाडि धकेलिएसँगै, खाद्यवस्तुको आयात नहुने र अर्कातर्फ मल लगायतका अन्य आवश्यक कृषि सामग्रीको उचित व्यवस्थापन नभएमा कृषि उपज उत्पादन घट्न गई खाद्यन्न सङ्कट तथा भोकमरी जस्ता विकराल अवस्था सिर्जना हुन सक्ने भएकाले जिल्लाभित्र उपलब्ध भएको मलखादलाई न्यायोचित रुपमा वितरण गर्नुपर्ने आजको आवश्यकता रहेको छ ।

सङ्कटको यस घडीमा कृषि ज्ञान केन्द्र गोरखाले स्थानीय तहहरुसँग समन्वय गरी रासयनिक मलखाद आपूर्ति तथा व्यवस्थापनका लागि आवश्यक सहजीकरण गर्दै आएको भएतापनि अहिले मलको आभाव सृजना भएको छ ।

रासयनिक मलखाद आपूर्ति, व्यवस्थापन तथा नियमनका लागि स्थानीय तहको पनि उतिकै भूमिका रहेको छ । मूल्य, परिमाण, गुणस्तर लगायत यससँग सम्बन्धित अन्य विषयमा अनियमितता भएमा कानुन बमोजिमको कारबाहीको प्रकृया पनि अगाडि बढाउने प्रावधान रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -