Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०५:१४ बिहान
- ADVERTISEMENT -

यसरी फैलिन्छ कोरोना संक्रमण : डा.रवीन्द्र पाण्डे

प्रकाशित मिति: २०७७ जेठ १, बिहीबार

631
Shares

काठमाडौँ, १ जेठ २०७७ । सामान्य रुघाखोकी लागेको एक जना व्यक्तिले १।३ जनालाई सार्न सक्छ । एक जना रुघाखोकी लागेको व्यक्तिले १।३ जनालाई १।३ जनाले १।३ * १।३ = १।६९ गर्दै १० पटक गुणन प्रक्रिया पुरा गर्दा १४ जनामा रुघाखोकी सर्दछ । तर, कोरोना संक्रमण सामान्य फ्लु भन्दा ३ गुणा संक्रामक छ ।

बिश्व स्वास्थ्य संगठनले एउटा कोरोना संक्रमितले २ देखि २।५ जना मान्छेलाई रोग सार्न सक्छ भनेपनि धेरै अध्ययनले ३ जना व्यक्तिलाई सार्न सक्ने बताएका छन् ।

एक जना संक्रमितले ३ जना स्वस्थ्य व्यक्तिलाई कोरोना संक्रमण सार्न सक्छ भने ३ जनाले ३ * ३ = ९ जनालाई गर्दै यो प्रकृया १० पटक पुरा हुँदा ५९,०४९ जनालाई कोरोना संक्रमण सर्न सक्दछ ।

यो तथ्यांकले के देखाउंछ भने १ जना व्यक्ति गैह्र जिम्मेवार बन्यो भने, अन्य व्यक्तिले आफ्नो सुरक्षा सतर्कता अपनाएनन् भने तथा सरकारले लकडाउन / भिडभाड / आवतजावत नियन्त्रण गर्न सकेन भने १ जना संक्रमितले माथि उल्लेखित प्रकिया पुरा गर्दा ५९ हजार ४९ व्यक्ति कोरोना संक्रमित हुनसक्छन् ।

जुन व्यक्ति सेल्फ आइसोलेसनमा बस्छ अर्थात घरभित्र सुरक्षित रुपमा बस्दछ, उक्त व्यक्ति यो प्रकृयाको भागिदार हुँदैन ।त्यसैगरी, अति आवश्यक काम परे मात्र घर बाहिर निस्किने, मास्क / चस्मा / पंजा प्रयोग गर्ने , न्युनतम ६ फिटको व्यक्तिगत दुरी कायम गर्ने, साबुनपानीले हात धोइरहने तथा घर फर्केपछि बाहिरी कपडा / झोला / मास्क / चस्मा / पंजा बाहिर राख्ने, नुहाउने लगायतका सुरक्षित अभ्यास गर्दा कोरोना संक्रमणको चेन तोडिन्छ । जसले गर्दा माथि उल्लेखित किसिमले संक्रमण बिस्तार हुँदैन ।

त्यस्तै, क्वारेन्टाइनलाई ब्यापक र प्रभावकारी बनाउने, परीक्षणको दायरा बढाएर संक्रमितलाई आइसोलेसनमा राख्ने एबम सिमाना १०० % शिल गर्ने काम प्रभावकारी हुँदा संक्रमणको प्रक्रिया न्यून हुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -