Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३३:४७ बिहान
- ADVERTISEMENT -

सरकारभन्दा पहिले जनस्तरमा कोरोनाविरुद्धको जनचेतना काँग्रेसले फैलायो : उपसभापति निधि

प्रकाशित मिति: २०७७ वैशाख ३०, मंगलबार

731
Shares

काठमाडौं, ३० बैशाख २०७७ । नेपाली काँग्रेसले कोरोना भाइरस नियन्त्रणका लागि सरकारी पहल भन्दा पनि पहिला जनस्तरमा सचेतना फैलाए बताएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको परामर्श बैठकले जनस्तरमा सचेतना फैलाएको हो ।

प्रतिष्ठानका संयोजक एवम् पार्टी उसभापति विमलेन्द्र निधिले भने, ‘कोरोना भाइरस नियन्त्रणको प्रयासमा जिम्मेवार प्रतिपक्षका नाताले सरकारलाई समर्थन गरेको काँग्रेसले उसका कमिकमजोरीमा भने निरन्तर खबरदारी गर्दै आएको छ । केन्द्रदेखि वडा तहसम्म पार्टी संयन्त्र परिचालन गरेर स्वास्थ्य सचेतना तथा राहत बितरणको कामलाई निरन्तरता दिइएको हुनाले आगामी दिनमा समेत यस कार्यलाई प्रतिष्ठानका तर्फबाट समेत सहयोग गरिनेछ ।’

यस्तै आजको बैठकले कोरोना अघिको शैलीबाट तत्काल प्रशिक्षण दिन संभव नभएको ठहर गर्दै भिडियो कन्फ्रेसबाट बाँकी प्रदेश र तहगत रुपमा जिल्ला तथा क्षेत्र समेतमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने र प्रतिष्ठानका हरेक संरचनालाई भिडियो कन्फ्रेस मार्फत् जोड्ने निष्कर्ष निकालेको छ ।

यसअघि प्रतिष्ठानले गण्डकी, ५ नं प्रदेश, कर्णाली र वाग्मती प्रदेशमा गरी महाधिवेशन प्रतिनिधिहरुकालागि पाँच वटा प्रशिक्षण कार्यक्रम संचालन गरेको थियो । प्रतिष्ठानले तयारी अवस्थामा रहेको आधार पाठ्यक्रमलाई चाँडै प्रकाशन गर्नु पर्ने, कोरोनाले पारेका आर्थिक, सामाजिक तथा समाज मनोविज्ञानका विषयमा समेत विमर्श गर्नुपर्ने हुनाले चांडै नै भिडियो कन्फ्रेन्स मार्फत बैठक गर्ने निर्णय समेत गरिएको छ ।

बैठकमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालले प्रशिक्षणका लागि प्रतिष्ठानले तत्काल गर्नु पर्ने विषयहरुको जानकारी गराएका थिए ।

काँग्रेसका प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माले कोरोना भाइरस, लिपुलेक, सिंहदरवार सामु चिनिया नागरिकहरुबाट भएको घटना लगायतका राष्ट्रिय मुद्दा संम्बोधन गर्ने सबालमा सरकार चुकेको भन्दै जिम्मेवार प्रतिपक्षका नाताले कांग्रेसले ती मुद्दामा निरन्तर खबरदारी गर्दै आएको जानकारी दिए ।

बैठकमा प्रतिष्ठानका सदस्यहरु मनोहरनारायण श्रेष्ठ, रञ्जित कर्ण, डा। जगदीशचन्द्र पोखरेल, खिलानाथ दाहाल, हरिहर विरही, तारानाथ दाहाल, डा।प्रभु बुढाथोकी, राजकुमार नकर्मी, राजु नेपाल, प्रमोदहरि गुरागाइँ, मोतिराज वम, भद्रा भण्डारी, नानु वाँस्तोला, प्रसिस महरा, योगराज कँडेल, लालबहादुर पुन, रामजी कंग्रेन र आमन्त्रित रामजी दाहालले समसामयिक विषयमाथि आ–आफ्नो विचार प्रकट गरेका थिए ।

बैठकमा ई। दीपेश विष्टले सूचना प्रविधिको उपयोगका विषयमा सदस्यहरुलाई जानकारी दिनुभएको थियो । विष्टकै प्राविधिक संयोजनमा केही दिन पहिले परीक्षणका रुपमा प्रतिष्ठानले भिडियो कन्फ्रेन्स समेत गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -