Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३३:०१ बिहान
- ADVERTISEMENT -

भारतीय कदमको विरोधमा विराटनगरमा प्रदर्शन

प्रकाशित मिति: २०७७ वैशाख २९, सोमबार

598
Shares

विराटनगर, २९ बैशाख २०७७ । भारतले नेपाली भू–भाग मिचेर तिब्बत मानसरोवरसम्म पुग्ने बाटो निर्माण गरेको विरोधमा नेपाली कांग्रेस सम्बद्ध पूर्व विद्यार्थी नेताहरूले प्रदर्शन गरेका छन् ।

विराटनगरका मेनरोडस्थित गुद्रीको ‘बी’ प्लटमा जम्मा भएका नेविसंघका पूर्व पदाधिकारी तथा प्रतिनिधिले भारतीय गतिविधि सह्य नभएको बताए । उनीहरूले भारतले नेपालको मिचेको भूभागसमेत फिर्ता गर्नुपर्ने माग गरेका थिए ।

विरोधसभामा बोल्दै संयोजक विमल संग्रौलाले सरकारले लकडाउन गरेको तर यहीबेलामा भारतबाट नेपालको सार्वभौमिकतामाथि नै धावा बोलिएको बताए । भने, ‘‘संकटकै बेला भारतले नेपालमाथि थिचोमिचो गरेको छ । हाम्रो भूभाग कब्जा गर्ने नीतिअनुसार बाटो बनाएको छ । यो हामीलाई स्वीकार्य छैन ।’’ उनले भारतले नेपाललाई दुःख दिने मनसाय राख्ने गरेको बताए ।

नेपाली कांग्रेस विराटनगर महानगरसमितिका कार्यवाहक अध्यक्ष अरुण न्यौपाने नेपाली भूमि मिचेर बाटो लग्नु हेपाहा प्रवृत्तिको चरम भएको बताए । भने, ‘‘यो हर्कतलाई सामान्य रूपमा लिन सकिँदैन । नेपाल सरकारले कडा रूपमा प्रस्तुत भई मिचिएको आफ्नो भूमि फिर्ता गराउनु पर्छ ।’’ न्यौपानेले भारतले कोरोना भाइरसको महामारीका बेला पनि छिमेकी राष्ट्रप्रति गर्ने व्यवहार अति नै तल्लो स्तरको भएको बताए ।

नेपाल महिला संघकी मोरङ सचिव प्रमिला थापाले भारतले नेपाललाई भन्ने र गर्ने व्यवहारमा निकै फरक देखिने गरेको बताइन् । थापाले भनिन्, ‘‘अहिले पनि भारतले नेपाललाई गर्ने व्यवहार कस्तो रहेछ भन्ने मानसरोवरसम्म पुग्ने सडक निर्माणले छर्लङ बनाइदिएको छ ।’’

पूर्व विद्यार्थीका प्रतिनिधि तथा नेताहरूले भारतीय कदमको विरोधमा नाराबाजीसमेत गरेको नेपाली कांग्रेस मोरङका सदस्य राजु मास्केले बताए । उनीहरूले राष्ट्रिय झन्डा, पार्टीको झन्डा र विद्यार्थीको झन्डा बोकेर विरोध प्रदर्शन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -