Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०३:२४ दिउँसो
- ADVERTISEMENT -

भारतसँग म वार्ता गर्न तयार छु, टोली बनाऔँः सुजाता कोइराला

प्रकाशित मिति: २०७७ वैशाख २९, सोमबार

832
Shares

काठमाडौं, २९ बैशाख २०७७ । नेपाली कांग्रेसकी सांसद एवम् केन्द्रीय सदस्य सुजाता कोइरालाले भारतसँग वार्ता गर्नका लागि संसदीय समितिले वार्ता टोली बनाउनुपर्ने प्रस्ताव गरेकी छिन् ।

संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितको सोमबार सिंहदरबारमा बसेको बैठकमा कांग्रेस सांसद कोइरालाले कुटनैतिक पहलबाट नेपाल–भारतबीच रहेको सीमा विवाद मिलाउनुपर्ने बताइन् ।

उनले कालापानी, लिपुलेकसहित लिम्पियाधुराका बारेमा भारतसँग वार्ता गर्नका लागि आफ्नो नेतृत्वमा वार्ता टोली गठन गर्न सुझाव दिइन् । उनले भनिन्, ‘वार्ता टोलीको जिम्मेवारी दिने हो भने मैले भारतसँग कुरा गर्न सक्छु । कुरा पनि मिलाउन सक्नु होला । चीनसँग पनि कुरा गर्नुपर्छ ।’

गठन गरिने वार्ता टोलीमा सबै दलका प्रतिनिधि हुने उनले बताएकी छिन् । कांग्रेस नेतृ कोइरालाले आफूले बोल्दै नबोलेका कुरालाई सञ्चारमाध्यमले लेखेको भनेर असन्तुष्टि जनाइन् ।

केही संचारमाध्यममा आफूले कालापानी भारतलाई दिनुपर्छ भनेको समाचार आएको भन्दै उनले ६ महिना अगाडि भारतलाई कालापानी पाँच वर्षका लागि भाडामा दिनुपर्छ भनेको भएपनि अब सो प्रस्तावको औचित्य सकिएको बताइन् ।

सांसद कोइरालाले नेताहरूबाट चर्को राष्ट्रवादी भाषण मात्र हुने गरेको तर समाधानको उपाय कसैले नदिने गरेको बताइन् ।

उनले पारवहनका लागि नेपालले भारतको सट्टा बंगलादेशलाई विकल्पका रुपमा हेर्नुपर्ने पनि बताइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -