काठमाडौं, २७ बैशाख २०७७ । नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले लकडानका कारण समस्यामा रहेका विद्यार्थीहरुलाई सहयोग गर्ने भएका छन् । उनले बिहिबार समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्ने भन्दै उनले कुनै पनि विद्यार्थीको चुल्हो नबल्ने अवस्था आउन नदिने भन्दै सम्पर्कमा आउन सार्वजनिक अपिल गरेका छन् ।
लकडाउनका कारण विद्यार्थीको जीवन कष्टकर बनेको भन्दै आफुले सकेको सहयोग गर्ने उनको प्रतिवद्धता छ । महामन्त्री वैद्यले विशेष गरि विद्यार्थीहरुलाई परिचयपत्रका आधारमा चामल,दाल, तेल र आलु लगायतका सामाग्री बितरण गरिने बताए । ‘बिस्वब्यापी महामारी कोरोनाका कारण देश पुर्ण रुपमा लकडाउनमा छ । लकडाउनकै क्रममा सामान्य नागरिक,मजदुर, विद्यार्थी,सबैको दैनिक जीवन दिनप्रतिदिन कस्टकर भैरहेको छ।,’ उनले भने, ‘ उक्त अबस्थालाई मध्यनजर गर्दै हामिले पिडितको दुःखमा केही राहत होस भन्ने उदेश्यले राहत बितरण गर्ने निर्णय गरेका छौ ।’
आइतबार दिउँसो दुई बजे, पशुपति बहुमुखी क्याम्पस,मित्रपार्क चावहिलमा राहत वितरण गर्ने महामन्त्री वैद्यले जानकारी दिएका छन् । पशुपति बहुमुखी क्याम्पसका पुर्व स्ववियु सभापति समेत रहेका वैद्यले यसअघि भुकम्पका बेला पनि सयौं विद्यार्थीलाई सहयोग गरेका थिए ।









































