काठमाडौं, २५ बैशाख २०७७ । नेपाली कांग्रेसका सभापति एवम् प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमणको टेस्ट गराउनु भएको छ ।
संसद सचिवालयद्वारा नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार आयोजना गरेको कोरोना टेस्टमा देउवाले स्वाब दिनु भएको हो । देउवाको स्वाब नेगेटिभ आएको छ । सभापति देउवाको पीसीआर विधिबाट परीक्षण गरिएको संसद सचिवालयले जनाएको छ ।
संसद बैठक चल्नुभन्दा एक दिन अगाडि सबै सांसद र संसद सचिवालयका कर्मचारीहरूको टेस्ट गरिएको हो ।








































