काठमाडौं, बुधबार, २४ बैशाख २०७७ । सज्जन महिला साकोसद्वारा आज सातौ चरणको राहत विपन्न तथा गरिव तीस परिवारहरुलाई वितरण गरिएको छ ।
उक्त राहत वितरणमा का.म. न. पा. वडा न -६ का वडा अध्यक्ष दिपेन्द्र लामा, वडा सदस्य जयराम पुडासैनी, सज्जन महिला साकोसकी अध्यक्ष सीमा पुरी, संयोजक शोभा खरेल, सदस्य चन्द्रमा अधिकारी , इन्दिरा जम्कट्टेल , ब्यबस्थापक नगीना सिह भण्डारीको रोहबरमा राहत सामाग्री बितरण गरिएको थियो ।
संस्थाको तर्फबाट पद्मा पुरी, शिभराम घिमीरे, लक्ष्मी मगर, गिता खतिवडा, रमिला लामिछाने, बबिता बस्नेत , बसुधा कक्षपति, डोल्मा दुवाल लगायतले बितरण तथा सामाग्री प्याकिङ्ममा सहयोग पुर्याउनु भएको थियो । संस्थाका सदस्यहरुले शान्तिनगर , कपन, चाबहिल आसपासका असहज अबस्थामा रहेका ज्यालादारी मजदुर, निम्न आय भएका तीस परिवारका सदस्यहरुलाई खाद्यान्न सामाग्री वितरण गर्नु भएको थियो ।
अहिलेको जटिल परिस्थितिमा कोही पनि भोकै बस्नु नपरोस भनेर संस्थाले अभियान सुरु गरेको संस्थाका अध्यक्ष सीमा पुरीले भन्नुभयो, आज हामी राहत वितरण अभियान अन्तर्गत सातौ चरणमा आइपुगेका छौ‘ हुँदा खाने र हुने खानेबिचको सहकारीको मुल्य मान्यता र सिद्धान्तलाई सज्जन महिला साकोसको टिमले आत्मसात गर्दै अभियान शुरु गरिएको अध्यक्ष सीमा पुरीले भन्नुभयो । सहयोगी मनका कारण आज तीस परिवारलाई सहयोग गर्न पाउदा खुशी लागेको बताउनु भयो । साथै, यस महान सामाजिक कार्यमा सहयोगी सदस्यहरुलाई सज्जन महिला साकोसको तर्फबाट धन्यवाद ब्यक्त गर्नु हुदै अध्यक्ष सीमा पुरीले ८ औ चरणको राहतको तयारीमा जुट्ने बताउनुभयो ।
आज केहि मनकारी शुभचिन्तक तथा युवा समुहले सामाजिक अभियानलाई सहयोग गर्नुहुदै गोप्यदान स्वरुप चामल, दाल, साबन, तेल, मस्यौरा लगायतका सामाग्री खरिद गरी संस्था की अध्यक्ष सीमा पुरीलाई हस्तान्तरण गर्नु भएको थियो । उक्त सामाग्री संकलनमा ब्यबस्थापक-सदस्य पुर्ण बहादुर पुरीले सहयोग गर्नु भएको थियो ।









































