काठमाडौँ, २३ बैशाख २०७७ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पहिलो पटक दश वर्षभन्दा कम उमेरका व्यक्तिमा देखिएको छ ।
विभिन्न अध्यनहरूले ९ वर्ष भन्दा कमलाई कोरोनाबाट सबै भन्दा ‘कम जोखिम युक्त’ उमेर समूह मानिएको छ ।
न्यूर्योक सिटी हेल्थका अनुसार अमेरिकामा ६ हजार ८४० को मृत्यु हुँदा १७ वर्षभन्दा कम उमेरका ३ जना थिए ।
कोरोनाका बिरामीको उपचारमा संलग्न डा शेरबहादुर पुन विभिन्न अनुसन्धानहरूले तुलनात्मक रुपमा बालबालिकामा कोरोनाको संक्रमण कम देखाएको बताउँछन् ।









































