Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:००:५८ बिहान
- ADVERTISEMENT -

गुट र गिरोहको बिगबिगी हुँदा तल्लो कमिटीसम्म एकीकरण हुन नसकेको : प्रवक्ता नारायण काजी श्रेष्ठ

प्रकाशित मिति: २०७५ भदौ २३, शनिबार

2382
Shares

सिन्धुली, २०७५ साल भाद्र २३ गते शनिबार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी भित्र गुट र गिरोहको बिगबिगी हुँदा तल्लो कमिटीसम्म एकीकरण हुन नसकेको बताउनु भएको छ ।

मदन भण्डारी एसियाली विद्यालयका विद्यार्थीहरुसँगै शुक्रबार सिन्धुली आइपुग्नु भएका प्रवक्ता श्रेष्ठले पार्टी एकतापछिको मुख्य राजनीतिक कार्यभार पुरा गर्न पनि तल्लो तहसम्म एकीकरण हुनुपर्ने भएपनि वर्तमान गुट र गिरोहका कारण समयमा एकीकरण नसकिएको बताउनु भयो ।

‘तत्कालीन माओवादी-माओवादी, तत्कालीन एमाले-एमाले र तत्कालीन एमाले-माओवादीबीचमै हुने गरेको गुट र गिरोह अझै पनि कायमै रहेकाले पार्टी एकीकरणको कार्यभार पुरा हुन सकेको छैन’, श्रेष्ठले भन्नुभयो, ‘यसको छिट्टै अन्त्य गर्दै तल्लो कमिटीसम्म एकीकरण प्रक्रियालाई टुङ्गोमा पुर्याइने छ ।’

पार्टी एकीकरण र राजनीतिक कार्यभार पुरा गर्न पार्टी भित्र विधि र पद्धती बनाउनुपर्ने भन्दै श्रेष्ठले पार्टी भित्र गुट र गिरोहको अन्त्य गरिने ठोकुवा गर्नुभयो । ‘पार्टी व्यक्ति–व्यक्तिले चलाउने प्रवृत्तिको अन्तय गर्दै केही दिनमै गिरोहहरुलाई निस्तेज पार्छौँ’, उनले भने, ‘यही भदौ २७ गतेभित्र पार्टीको सांगठनिक एकीकरणको प्रक्रिया टुङ्गोमा पुर्याइने छ ।’

श्रेष्ठका अनुसार अध्यक्ष प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि आगामी २७ गते भित्र प्रदेश, जिल्ला र तल्लो तहको एकीकरण सकिने छ । गिरोहले पार्टी नचल्ने भन्दै विधि र पद्धतिमा चले दुनियाका कुनै शक्तिले हल्लाउन नसक्ने पनि श्रेष्ठको दाबी छ । ‘पार्टीभित्र व्यक्तिगत स्वार्थका लागि गिरोहको बिगबिगी छ,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘यस्ता गुट र गिरोहबाट भजनमण्डली बनाउनेहरुलाई पार्टीभित्र छिट्टै निस्तेज पारिने छ ।’

पूर्व उप-प्रधानमन्त्री समेत रहेका श्रेष्ठले समाजिक न्यायसहितको समृद्धिको कार्यभार पुरा गर्न केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल पार्ने अधिकार कसैसँग नभएको समेत बताउनु भयो ।

सामाजिक न्यायसहितको समृद्धिका लागि नेपालमा ठुला कम्युनिष्टहरुबीच एकता भएको उल्लेख गर्दै श्रेष्ठले सरकारलाई सफल बनाउन नसके पार्टी र आन्दोलनमासमेत ठुलो नोक्सान हुने जिकिर गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -