Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४२:४४ बिहान
- ADVERTISEMENT -

गण्डकी गाउँपालिका–७ घ्याल्चोकका चार जना बालबालिकामा दादुराको संक्रमण

प्रकाशित मिति: २०७७ वैशाख २१, आइतबार

992
Shares

गोरखा, २१ बैशाख २०७७ । पूर्ण खोपयुक्त घोषणा भएको गोरखा जिल्लामा दादुराको संक्रमण देखिएको छ । गण्डकी गाउँपालिका–७ घ्याल्चोकका चार जना बालबालिकामा दादुराको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि रगतको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । आइतबार आएको रिपोर्ट अनुसार उनीहरुमा दादुराको संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।

‘दादुराको आशंकामा यही बैशाख १७ गते पाँच जना बालबालिकाको रगतको नमूना संकलन गरेर परिक्षणका लागी टेकु पठाएका थियौ,’ उनले भने, ‘आज रिपोर्ट आयो, पाँच जनामध्य चार जनामा संक्रमण देखियो ।’ संक्रमित हुनेहरु ६ महिनादेखि १७ बर्षसम्मको रहेको उनले बताए ।

‘दादुराको औषधी भनेको खोप नै हो, बच्चा जन्मिएको ९ र १५ महिनाभित्र यो खोप लगाउनुपर्छ, तर संक्रमितहरुको घरमा गएर बुझ्दा खोप लाए नलाएको परिवारलाई पनि थाहा रहेनछ,’ न्यौपानेले भने । दादुरा हावाको माध्यमबाट सर्ने रोग भएकाले उक्त ठाउँमा थप सर्तकता अपनाइएको उनले बताए । स्वास्थ्य स्वयंसेविकामार्फत घरघरमा जनचेतना फैलाउने काम समेत भइरहेको उनको भनाइ छ । ‘संक्रमित बालबालिकाहरुलाई घरबाट बाहिर ननिस्कन र बाहिर घुलमिल हुन नदिन भनेर अभिभावक समेतलाई भनेका छौं, र घरमै पुगेर स्वास्थ्य अवस्था पनि बुझिरहेका छौ,’ उनले भने ।

गण्डकी गाउँपालिकाको अन्य ठाउँमा पनि दादुरा संक्रमित बालबालिका हुन सक्ने अनुमान कार्यालयको छ । वैशाख २६ गतेबाट दादुरा रुवेलाविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको न्यौपानेले जानकारी दिए ।

उनका अनुसार ज्वरो आउने, रुघाखोकी लाग्ने र शरीरमा विमिरा आउने दादुराका लक्षण हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -