काठमाडौं, १७ बैशाख २०७६ । पूर्वसभामुख कृष्णबहादुर महराले अहिले सबै दल तथा जनसमुदाय मिलेर कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बेलामा सत्ता सञ्चालन गरीरहेको दल नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवादले जनता निराश भएको बताएका छन्।
बुधबार एक प्रेस वक्तब्य जारी गर्दे प्रतिनिधि सभा सदस्य महराले विश्वलाई नै आक्रन्त बनाइरहेको कोरोनाको जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न नसकिने तर्क दिएका छन् ।
उनले दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडि बढ्न हार्दिक अपील समेत गरेका छन् ।









































