Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५१:३० दिउँसो
- ADVERTISEMENT -

नेकपा अध्यक्षद्वय ओली-प्रचण्डबीच बालुवाटारमा छलफल : जुटेन सहमति

प्रकाशित मिति: २०७७ वैशाख १६, मंगलबार

528
Shares

काठमाडौं १६ बैशाख २०७७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच झण्डै तीन घन्टा वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेकपाभित्रको विवादका विषयमा छलफल भएको थियो ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहेका ओलीले आफूलाई सहयोग गर्न पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । तर प्रचण्डले सचिवालय र स्थायी समिति बैठकबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका स्रोतको दावी छ ।

सबै पक्षलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा प्रधानमन्त्रीले आफ्नो खुसीअनुसार सीमित घेराबाट सरकार सञ्चालन गरेकाले निम्तिएको समस्या भन्दै प्रचण्डले निकास दिने विषयमा पनि नेतृत्व लिन ओलीलाई नै आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले अब विगतमा भएका सहमतिको कार्यान्वयन गर्ने र एकता महाधिवेशनसम्म मिलेर जान प्रचण्डलाई आग्रह गरेका छन् । प्रचण्डले भने विगतमा आफूले प्रधानमन्त्री पद पनि छाडेको, पटक पटक सहमति गरेर पालना नभएकाले गुनासो गरेका छन् ।

अहिले आफूलाई प्रधानमन्त्री पनि नचाहिएको भन्दै प्रचण्डले नेतृत्वदायी भूमिका देखाएर पार्टीमा देखिएको समस्या समाधानमा गम्भीर बन्न आग्रह गरेका स्रोतको भनाइ छ ।

आज आन्तरिक छलफल गरेर भोलिसम्म सचिवालय बैठक बस्नेगरी दुई अध्यक्षबीच छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -