Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२७:२९ दिउँसो
- ADVERTISEMENT -

सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही गर्न ओलीसँग देउवाको माग

प्रकाशित मिति: २०७७ वैशाख १३, शनिबार

842
Shares

काठमाडौं, १३ बैशाख २०७७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट भएको छ ।

भेटमा सभापति देउवाले सरकारले दुवै अध्यादेश फिर्ता लिएकामा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउने घटनामा संलग्नलाई कारबाहीको माग गरेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त घटनाका दोषीलाई कारबाही गर्नुपर्ने माग देशभरि उठेको र आफ्नो माग पनि यही रहेको उल्लेख गर्दै सभापति देउवाले ‘देशमा कानुनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ’ भनेका थिए ।

सरकारले यही वैशाख ८ गते जारी गरेका संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेशको सर्वत्र विरोध भएपछि शुक्रबार खारेज गरेको छ ।

कोरोनाभाइरसको संक्रमण रोक्न व्यापक परीक्षण अहिलेको आवश्यकता भएको र समुदायस्तरमा व्यापक परीक्षण गर्न ढिलो नगरौं भनेर प्रधानमन्त्रीसमक्ष आग्रह गर्दै सभापति देउवाले स्वास्थ्यकर्मीलाई ‘पीपीई’लगायतका आवश्यक सामग्री यथाशीघ्र पुर्‍याउन सुझाव दिएका थिए ।

साथै, उनले स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्न खोज्ने कुनैपनि कार्य तुरुन्तै रोक्नुपर्ने बताएका थिए ।

भेटमा सभापति देउवाले श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस् भन्दै राहत घोषणा अधुरो भएको, पुग्नुपर्नेकोमा अझै नपुगेको, श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठूला सबै व्यवसायीका लागि तत्काल अर्को राहत प्याकेज ल्याउन सुझावसमेत दिएका थिए ।

विदेशमा रहेका नेपालीले देशलाई रेमिट्यान्स पठाएर योगदान गरिरहेको उल्लेख गर्दै उनले आज उनीहरु अप्ठ्यारोमा परेको स्थितिमा उद्धार गर्नेबारे तत्काल योजना सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने बताएको मुख्यसचिव पौडेलले बताए ।

सभापति देउवाले कोरोनाको जोखिमसँग लडिरहँदा अब विवाद्का कुनै कुरा नल्याउन सुझाव दिँदै प्रधानमन्त्रीलाई थप सजग पनि गराएको कांग्रेसले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -