Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२७:४७ दिउँसो
- ADVERTISEMENT -

दुवै अध्यादेश आज बसेको मन्त्रिपरिषद्को बैठकले फिर्ता लिने निर्णय

प्रकाशित मिति: २०७७ वैशाख १२, शुक्रबार

583
Shares

काठमाडौं, १२ बैशाख २०७७ । सरकारले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धि जारी भएका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।

आज सोमबार जारी गरेका दुवै अध्यादेश आज बसेको मन्त्रिपरिषद्को बैठकले फिर्ता लिने निर्णय गरेको हो ।

दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धि अध्यादेशका बारेमा पार्टीभित्रै सहमति नजुटेपछि फिर्ता गर्ने निर्णय भएको एक मन्त्रीले जनताटाइम्सलाई जानकारी दिनुभयो । अध्यादेशको विरोध भएपछि बिहीबार पार्टी नेताहरुसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशका बारेमा छलफल गर्नुभएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसँग विहिवार विहान करिव दुई घण्टा छुट्टा छुट्टै छलफल गर्नुभएको थियो ।

त्यसैगरी, उपाध्यक्ष बामदेव गौतमसँग पनि टेलिफोनमा लामो कुराकानीपछि मन्त्रिपरिषद् बैठकबाट फिर्ता लिने सहमति भएको थियो । संवैधानिक व्यवस्था अनुसार जारी अध्यादेश फिर्ता लिने तीन वटा बाटोमध्ये सरकारले मन्त्रिपरिषद्बाट फिर्ता लिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने भएको छ । मन्त्रिपरिषद्ले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि प्रधानमन्त्रीमार्फत् यो निर्णयको जानकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराइनेछ ।

त्यसपछि संविधानको धारा ११४ को २ (ख) बमोजिम अध्यादेश खारेज हुनेछ । संविधानको उक्त धारामा सरकारको सिफारिसमा राष्ट्रपतिले जुनसुकै बखत अध्यादेश खारेज गर्नसक्ने प्रावधान छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -