काठमाडौँ, १२ बैशाख २०७७ । नेपाल विद्यार्थी संघ त्रिवि समिति अध्यक्ष सम्झना केसीकाे नेतृत्वमा विद्यार्थी, साधुसन्त तथा अनाथलयलाई खाद्य सामाग्री वितरण गरिएकाे छ ।
नेविसंघ त्रिवि समितिद्वारा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा २०० जना विद्यार्थीका लागि प्रति विद्यार्थी १० केजी चामल १ केजी दाल १ प्याकेट तेल र ५ केजी हरियो तरकारी उपलब्ध गराइएकाे हाे ।
माता तिर्थऔँसी तथा लोकतन्त्र दिवसको अवसर पारेर लकडाउनले गर्दा मारमा परेका र कुनै निकायबाट पनि सहयोग नपाएका विद्यार्थीलाई लक्ष्यित गरि खाद्यान्न सामग्री बितरण गरिएको नेविसंघ नेता रिजन मडैको जानकारी दिनुभयो ।
त्यसैगरी, कीर्तिपुरस्थित मायाघर अनाथलयका २८ जना सदस्यका लागि र ४ जना साधुलाई पनि राहत सामाग्री वितरण गरिएकाे मडैले बताउनु भयो ।
यसअघि पनि कीर्तीपुर र त्रिवि परिसरमा रहेका विद्यार्थीहरूका लागि खाद्य सहयाेगका लागि समन्वय गरिरहेकी नेतृ केसीले आज भने परिचयपत्रकाे म्याद सकिएर यसअघि राहत नपाएकाहरूका विद्यार्थीहरूका लागि आफ्नै व्यवस्थापनमा उक्त खाद्य सामाग्री वितरण गर्नु भएको थियो ।









































