गोरखा, २३ चैत २०७६ । बिजुली बाल्न जनता स्थानीय जंगलबाट पोलको जोहो गर्न बाध्य हुनु परेको छ ।
गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं ४ चौताराका स्थानीयबासी स्थानीय जंगलबाट बिजुलीको पोल जोहो गरी बिजुली बाल्न जोहो गर्दै छन ।
सामुदायिक बिधुतीकरणबाट प्रसारित लाइनको पोलहरु कम्सल र काठको पोल रहेको छ । उक्त पोल छिट्टैनै कुहिने कारणले हरेक बर्ष पोल स्थानीयले स्थानिय जंगलबाट नै जोहो गरिरहेका छन् ।

हावाहुरी चलेपछि पोल ढलेर दुर्घटना हुन्छ कि भन्ने त्रासमा रहनु पर्न बाध्यता छँदैछ । तर, लामो समयसम्म बिधुत मर्मत नहुने गरेको स्थानिय बासिन्दा बताउँछन ।
सम्पुर्ण पोलहरु फलामको बनाइने भने पनि केहि प्राधिकरण बाट ल्याइएका पोलहरु पनि पहुँचको आधारमा बितरण गरीएकोमा स्थानीय बासिन्दाको दु:खेसो रहेको छ ।
वडाभरी सम्पूर्ण बिजुलीका प्रसारण लाइनमा छिट्टैनै फलामे पोल ब्यबस्था गर्न स्थानीय सरकार तथा सामुदायिक बिधुत समितिको ध्यान जानु पर्ने देखिन्छ ।









































