काठमाडौँ, २२ चैत २०७६ । पुर्व स्वास्थ्य मन्त्रि तथा नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना भाइरस परीक्षणको दायरा फराकिलो पार्न सरकारलाई आग्रह गरेका छन् ।
थापाले आज सामाजिक सञ्जाल मार्फत संक्रमितको सम्पर्कमा रहेकाको खोजी गर्नं र अलग राख्दै लक्षण नदेखिए पनि परीक्षण गर्न आग्रह गरेका छन् ।
उनले सरकार नचेतेको भन्दै परीक्षणको दायरा फराकिलो बनाउदै परीक्षणको गति र संख्या बढाउन आग्रह गरेका छन् ।
उनले ट्विटरमा भनेका छन्, ‘ हामीले निरन्तर भनिरह्यौँ;’संक्रमणको चेन तोड्न परीक्षणको दायरा बढाऔँ,संक्रमितको सम्पर्कमा रहेकाको खोजी गरौँ,अलग राखौँ र लक्षण नदेखिए पनि परीक्षण गरौँ। आज १ जना स्थानीयमा संक्रमण भेटिएको छ। सरकार!अब त चेतौं।परीक्षणको दायरा फराकिलो बनाऔँ,परीक्षणको गति र संख्या बढाऔँ।’








































