Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३८:२६ दिउँसो
- ADVERTISEMENT -

गोरखामा पशु र कृषि ज्ञानकेन्द्रका कार्यालय स्थापना

प्रकाशित मिति: २०७५ भदौ ११, सोमबार

3407
Shares

गाेरखा, ११ भदौ, २०७५ । जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशुसेवा कार्यालय बिस्थापित भै गोरखामा कृषि ज्ञानकेन्द्र र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय स्थापना भएका छन् ।

गोरखा नगरपालिका ५ डण्डी डाँडास्थित साबिक जिल्ला कृषि विकास कार्यालयको भवनमा कृषि ज्ञानकेन्द्र र गोनपा ९ ठिगुरे स्वाँराको साबिक जिल्ला पशु सेवा कार्यालयको भवनमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय स्थापना भएको हो ।

दुबै कार्यालयको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गर्नुभयो । दुवै कार्यालय गण्डकी प्रदेशको मातहतमा रहने व्यबस्था रहेको छ ।

संघीय सरकारले खारेज गरेको कार्यालय प्रदेश सरकारले नाम परिवर्तन गरेर पुनस्थापना गरेको हो । कृषि कार्यालयले यसअघि ६ सेवा केन्द्र र ८ सम्पर्क केन्द्रलाई स्थानीय तहमा हस्तान्तरण गरिसकेको छ । यसअघि कृषि कार्यालय अन्तरगत जिल्लाभर ४७ कर्मचारी रहेकोमा हाल १४ जना दरबन्दी स्वीकृत भएको कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले बताए । उनले भने ‘१४ जनामध्ये ४ जना पहिलेका कर्मचारी छौँ ।

बाँकी दरबन्दीमा कर्मचारी आउन बाकी नै छ ।’ ज्ञानकेन्द्रमार्फत जिल्लाको कृषि क्षेत्रको विकासकै लागि कार्यक्रम सञ्चालन हुने श्रेष्ठको भनाई छ । ‘यो कार्यालयबाट हामीले किसानका लागि तालीम, नयाँ किसिमका प्राविधिक ज्ञान, बाली अनुसन्धान, तथ्यांक संकलन लगायतका काम गर्छौ’ उहाले भन्नुभयो ।

यसअघि जिल्ला पशु सेवा कार्यालय अन्तरगत जिल्लाभर ४९ कर्मचारी रहेकोमा अहिले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा १० कर्मचारीको दरबन्दी कायम गरिएको छ । तीमध्ये ६ जना साविकको पशु सेवा कार्यालयका कर्मचारी नै छन् । पशु चिकित्सक सानुकाजी वन्तले बताउनुभयो । ‘हामीलाई बजेट, कार्यक्रम केही प्राप्त भएको छैन’, उनले भने, ‘आज कार्यालय स्थापना गरियो । अब मन्त्रालयबाट थप निर्देशन आउला, कर्मचारी आउनुहोला ।’ खासगरी पशु अस्पतालका रुपमा काम गर्ने उहाले बताउनुभयो ।

‘पशुमा कृत्रिम गर्भाधान, पशुहरुको औषधी उपचार लगायतका काम यहाँबाट हुन्छ’ , जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बाँझो जमिन ब्यबस्थापन, पशु बधशाला, किसान र उपभोक्ता बीचको बिचौलिया नियन्त्रण लगायतका काममा सघाउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सहसचिव मनबहादुर पुन, उप-सचिव दीर्घनाथ ढुंगाना, नेपाली काङ्ग्रेसका उप-सभापति सुकदेव दवाडी, नेकपाका लोकप्रसाद बञ्जरा, कामधेनु गाईफर्मका सञ्चालक राजेन्द्र पन्त, नेपाल पत्रकार महासंघ गोरखाका उपाध्यक्ष दीपक श्रेष्ठ, अर्जनुप्रताप राणा लगायतले मन्तब्य राख्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -