काठमाडौं, ११ चैत २०७६ । नेपाली कांग्रेसले सरकारले घोषणा गरेको कोरोना कोषलाई ५० लाख रुपैयाँ दिने भएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै भनेका छन्,‘कोरोना भाइरसको जोखिम सामना गर्न नेपाल सरकारले निर्माण गरेको कोषमा नेपाली कांग्रेस पार्टीका तर्फबाट एकमुष्ट ५० लाख जम्मा गर्ने निर्णय भएको सबैलाई जानकारी गराउँदछु।’ भनी उल्लेख गर्नु भएको छ ।
कांग्रेसका सांसदहरूले १५ दिनको पारिश्रमिक दिने भएका छन् ।








































