Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१६:४९ बिहान
- ADVERTISEMENT -

अनावश्यक इन्धन भण्डारण नगर्न आग्रह

प्रकाशित मिति: २०७६ चैत ९, आइतबार

531
Shares

भैरहवा, ९ चैत २०७६ । कोरोना भाइरसका कारण नेपाल–भारत सीमानाका बन्द हुने हल्लाले सर्वसाधारणले आवश्यकताभन्दा बढी इन्धन भण्डार गर्ने गरेको पाइएको छ । नाकाबन्दीका बेलामा जस्तै सर्वसाधरणले इन्धन भण्डारण गर्न थालेपछि नेपाल आयल निगमको रुपन्देहीस्थित भलबारी डिपोले इन्धनको अनावश्यक स्टक नगर्न आग्रह गरेको छ ।

अहिलेसम्म भारतबाट निर्वाध रूपमा पेट्रोलियम पदार्थ नेपाल भित्रिरहेको र बजारमा पेट्रोलियम पदार्थको कुनै खालको अभाव नरहेको भन्दै निगमले हल्लाका पछाडि लागेर भण्डारण नगर्न आग्रह गरेको हो ।

निरन्तर रूपमा पहिलेकै अवस्थामा इन्धन आयात भइरहेको निगमका भलवारी डिपोका प्रमुख ई। सुरज शाहले जानकारी दिनुभयो । विगतमा नाकाबन्दीका बेला सबै नाका बन्द हँुदासमेत खुला रहेको भैरहवा नाका (बेलहिया)बाट मात्रै आयात भएको इन्धन मुलुकभरिका लागि आपूर्ति व्यवस्था मिलाइएको थियो ।

अहिले पनि यो नाकाबाट आयात हुने पेट्रोलियम पदार्थमा कुनै कमी नआएको शाहले जानकारी दिनुभयो । विगतमा जुन परिमाणमा इन्धन आइरहेको थियो, त्यही परिमाणमा अहिले पनि आइरहेको छ, उहाँले भन्नुभयो, “ट्याङ्करमा इन्धन लोड भइरहेको छ, हालसम्म भारतबाट इन्धन ढुवानीका लागि केही समस्या आएको छैन । ”

डिपो प्रमुख शाहका अनुसार भारतबाट शुक्रबार दुई लाख ४० हजार लिटर डिजेल र सात लाख ५२ हजार लिटर पेट्रोल र ३२ वटा एलपी ग्यास बुलेट आएको छ । भलबारी डिपो प्रमुख शाहका अनुसार भारतको बैतालपुर, मुगलसराय, केही मात्रामा गोयन्ड र अमलेखगञ्जको पाइप लाइनबाट समेत डिजेल, पेट्रोल आयात भइरहेको छ । भारतबाट औसतमा डिजेल दैनिक ४० ट्याङ्कर र पेट्रोल १५ ट्याङ्कर आयात भइरहेको छ ।

काठमाडौँमा पनि पेट्रोलियम पदार्थको अभाव हुन नदिनका लागि दैनिकजसो ८० हजार लिटर पेट्रोल काठमाडौँ पठाउने गरेको शाहले बताउनुभयो । निगमको भलबारी डिपोमा एक लाख १३ हजार लिटर पेट्रोल र २६ लाख लिटर डिजेल मौज्दात रहेको प्रमुख शाहले बताउनुभयो ।

डिपोबाहिर पनि एक हजार ४८० किलोलिटर डिजेल र ४८० किलोलिटर पेट्रोल मौज्दात रहेको निगमले जनाएको छ । डिपोको क्षमता डिजेलमा ३० लाख लिटर र पेट्रोलमा एक लाख ४० हजार लिटर रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -