Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२९:१९ बिहान
- ADVERTISEMENT -

काठमाडौंमा सांसदहरुको भेला सम्पन्न : कोरोनाविरुद्ध लड्न सरकारलाई सघाउने प्रतिबद्दता

प्रकाशित मिति: २०७६ चैत ८, शनिबार

1055
Shares

काठमाडौं, ८ चैत २०७६ । संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने काठमाडौं उपत्यकाका सांसदहरुले कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आग्रह गरेका विषयहरुको कार्यान्वयन गर्न अपिल गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको खतरा बढ्दै गएको अवस्थामा सरकारले लागू गरेका विषयहरुको कार्यान्वयन गर्न सांसदहरुले सम्पूर्ण नागरिकहरुलाई अपिल गरेका हुन् । शनिबार काठमाडौंको मण्डीखाटारमा एक सांसदको घरमा भएको सांसदहरुको भेलामा नागरिकले उच्च सतर्कता अपनाउनु पर्ने र त्यसका लागि सरकारले भनेका विषयहरुको पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गरेको हो ।

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरिरहेको कामहरुमा अझ केही प्रभावकारी बनाउनु आग्रह गर्ने विषयमा छलफल भएको बताए । उनले नेपाल भारत सिमा नाका बन्द गर्ने, अस्पतालहरुको तयारीका लागि सरकारले गरेको निर्णयको तत्काल कार्यान्वयन गर्न आग्रह गर्ने विषयमा छलफल भएको बताए । उनले भने, ‘अस्पतालको निम्ती तयारी गर्नुपर्ने कुराहरुको सन्दर्भमा पनि स्वास्थ्य मन्त्रालयले जुन नयाँ निर्णयहरु गरेको छ त्यो निर्णयहरु भएको छ तर त्यो निर्णयहरु तत्काल कार्यान्वयनमा जाओस, त्यो फेरी कार्यान्वयन गर्न केही समय लाग्ने हो भने भयाभह स्थिति आयो भने त्यो बेलामा जुटनाका निम्ती हाम्रो पूर्व तयारी भएको हुँदैन यो कुरामा सरकारको ध्यानाकर्षण गराउने विषयमा छलफल भयो ।’

भेलापछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद माधवकुमार नेपालले कोरोना भाइरसबाट पर्न सक्ने खतरा, सरकारले चालेका कदमहरु, जनतामा जगाउनुपर्ने जनचेतना र भाइरसको संक्रमण भएमा नियन्त्रण गर्न अपनाउनुपर्ने विषयमा छलफल भएको बताए । उनले सरकारले लागू गरेका विषयहरुको कार्यान्वयन गर्न स्थानीय जनप्रतिनिधिहरुलाई परिचालन गर्नुपर्नेमा जोड दिए । उनले भने ‘कोभिड १९ कोरोना भाइरसको बारेमा र यसको असरका बारेमा सरकारले चालेका कदमहरुको बारेमा, जनतामा जगाउनुपर्ने जनचेतनाको बारेमा र यसलाई रोकथाम गर्ने उपायको बारेमा, रोग लागिसकेपछि नियन्त्रण गर्नका लागि उपचारको प्रबन्धको बारेमा यी सबै चिजहरुको बारेमा छलफल ग¥यौं ।’

छलफलमा सांसदहरुले कोरोना भाइरसको संक्रमण फैलिन नदिन काठमाडौं उपत्यका भित्रका स्थानीय तहहरुले निर्वाह गरेको भूमिका चित्त बुझ्दो नभएको बताएका थिए । नागरिकमाथि जनचेतना फैलाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएको र राजनीतिक दलहरुले उनिहरुलाई सघाउने विषयमा समेत छलफल भएको थियो । त्यस्तै सांसदहरुले कोरोनाको संक्रमणको जोखिम बढ्दै जाँदा अर्थतन्त्रमा देखिने जटिलताका विषयमा सरकारले अहिले देखिनै सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -