Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५९:१७ बिहान
- ADVERTISEMENT -

जडीबुटीका नमुना उद्योगी डा खेमराज भट्टराई

प्रकाशित मिति: २०७६ चैत ४, मंगलबार

686
Shares

काठमाडौं, ४ चैत २०७६ । नेपालका निजामती कर्मचारीहरुको लागि सबैभन्दा पीडाको शब्द हो-अवकाश । जागिर छोड्नुले मात्रै त्यो पीडा दिएको हुँदैन ।

जागिरपछि के गर्ने भन्ने अन्योलले गर्दा त्यो पीडा दिएको हुन्छ । त्यहीकारण नेपालमा निजामती कर्मचारीहरुको औसत आयु सबैभन्दा थोरै हुने केही वर्ष अगाडिको एक अध्ययनले देखाएको छ । सन् २०१८ को अध्ययन अनुसार नेपालीको औसत आयु ७० वर्ष ५ महिना छ । तर, निजामति कर्मचारीको औसत आयु ६७ वर्ष पनि छैन । ६५ देखि ६७ वर्षकोबीचमा रहेको विश्वास गरिन्छ ।

पदमा हुँदा मान-मर्यादा, शान सौकत हुने तर अवकाश पाएको हाकिमलाई कसैले पनि वास्ता नगर्ने प्रवृत्तिका कारण उ मानसिकरुपमै अशान्त हुने, खानपान र शरीरको सक्रियताको तादम्यता नमिल्ने भएकोले उसलाई छिटै रोगले आक्रमण गर्ने सरोकारवालाहरुले बताउँछन् । तर, थोरै नै सही केही यस्ता नमुना पात्रहरु पनि छन्, जो सरकारी हाकिम हुँदा भन्दा झन बढी व्यस्त र स्वस्थ छन् । उद्यमी बनेका छन् ।

तत्कालीन वन मन्त्री र सचिवले नियतवस आफूलाई महानिर्देशक बन्न नदिएपछि बनस्पति विभागको उपमहानिर्देशबाट राजिनामा दिएर क्यानाडा हानिएका डा।खेमराज भट्टराई त्यहाँ पनि टिक्न सकेनन् ।

देश फर्किए । जडीबुटी क्षेत्रमा काम गरेको अनुभव र विज्ञता छँदैथियो, त्यसैलाई उपयोग गर्ने अठोटका साथ शुरु गोरखाको जडीबुटी फार्मले उनलाई व्यस्त मात्र बनाएको छैन, पर्याप्त सन्तुष्टि पनि दिएको छ । चुनौतीका चाङ बोकेर कहिले कता त कहिले कता भौंतारिँदा पनि उनमा आफ्नो कामप्रति जुन प्रतिवद्धता र सन्तुष्टि देखिन्छ, त्यो लोभलाग्दो छ ।

मणिध्वज जोशी, रामहरि सुवेदी, भगवती मैनालीसँगको सहकार्यमा उनले गोरखाको गोरबुङमा सञ्चालन गरिरहेको गोरखा अग्र्यानिक फार्म प्रालिमा ९० प्रकारको जडीबुटी खेती भैरहेको छ । एक सय रोपनी क्षेत्रफलमा फैलिएको फार्म नेपालकै सबैभन्दा व्यवस्थित र वृहत जडीबुटी फार्म हो भन्दा अन्यथा हुंदैन । अबको केही समयपछि धमाधम जडीबुटी उत्पादन हुन थाल्नेछ, त्यसले नेपालमा जडीबुटीको मागलाई पनि केही हदसम्म सम्वोधन गर्न सक्ने विश्वास डा। भट्टराईको छ ।

‘सबैभन्दा ठूलो कुरा त नेपालमा जडीबुटी खेती गर्न चाहानेहरुले विरुवा नै पाउँदैनन् । भारत लगायतका विभिन्न देशबाट ल्याउनु पर्ने बाध्यता छ, हामीले पनि त्यही गर्यौं । त्यसरी विदेशबाट ल्याउँदा एकातर्फ ठूलो रकम विदेश पठाउनु पर्ने वाध्यता छ भने अर्काेतर्फ झण्जट पनि त्यत्तिकै भोग्नु पर्छ, त्यो अवस्थाको अन्त्य गर्ने र नेपालमा जडीबुटी खेती गर्न चाहानेलाई आवश्यक विरुवा र अन्य प्राविधिक सहयोग उपलब्ध गराउने मेरो प्रण अब साकार हुन लागेको छ’ डा। भट्टराई भन्छन् ।

पोहोर नेपालले ११ अर्ब ६५ करोडको जडीबुटी वैधानिक तरिकाबाट आयात गरेको छ भने निर्यात १ अर्ब ३४ करोडको मात्रै छ । नेपालको हावापानी जडीबुटीको लागि विश्वमै सबैभन्दा उपयुक्त मानिए पनि सरकारले प्राथमिकतामा नराखेकोले अधिकांश जडीबुटीहरुमा विदेशको भर पर्नु पर्ने बाध्यता छ । ‘सरकारले अलिकति नीतिगत सुधार गरेर नेपाली उद्यमीलाई प्रोत्साहित गर्ने हो भने विश्वभर नेपाली जडीबुटी बेचेर अरबौँ होइन, अरबौँ रकम भित्र्याउन सकिन्छ । जडीबुटी फार्म र औषधि उद्योगहरु खोलेर लाखौँ रोजगारी सिर्जना गर्न सकिन्छ ।

किन भने जडीबुटी भनेको अन्य कृषि उपज जस्तो थोरै मूल्यमा खरिद विक्री हुने वस्तु होइन, प्रति किलो नै हजारौं, लाखौं रुपैया पर्ने वस्तुहरु हुन् । उच्च मूल्यका ती जडीबुटी उत्पादन गरेर बेच्ने हो भने देशको समृद्धिको लागि अर्काे कुनै उपायको खोजी गर्नु पर्दैन’ डा। भट्टराईको भनाइ छ ।

डा। भट्टराईका अनुसार सरकारले अझै पनि जडीबुटी खेती गर्नेहरुलाई अपराधीलाई जस्तो व्यवहार गर्ने गरेको छ, त्यसैले गर्दा जडीबुटी खेती गर्न धेरै मान्छे हच्किने, डराउने गरेका छन् । ‘जडीबुटी भन्ने वित्तिकै बन फँडानी गर्यो भन्ने मानसिकता प्रहरीदेखि क्वारेण्टाइनसम्मका हाकिमहरुमा पर्ने गरेको छ । त्यहीकारण उनीहरु हामीलाई अपराधीलाई जस्तो व्यवहार गर्छन् । यो खेती गरिने वस्तु हो, जडीबुटी खेती गर्दा जंगल मात्र होइन, कुनै पनि कुरा मास्नु पर्दैन, कसैलाई हानी नोक्सानी गर्नु पर्दैन, बरु सबै पक्षलाई फाइदा मात्र गर्छ भनेर उनीहरुलाई बुझाउनै सकिएको छैन, उनीहरुले बुझ्ने प्रयास नै गरेका छैनन्’ भन्छन् डा भट्टराई ।

उनका अनुसार जडीबुटी खेतीलाई अन्य कृषिउपज सरह मान्यता नदिँदासम्म नेपालमा जडीबुटी खेतीको विकास र विस्तार हुन सक्दैन । आफ्नो फार्म व्यवस्थापनको साथसाथै जडीबुटी खेती र समग्र उद्यमको विकास र विस्तारमा रहेका समस्याहरु बुझाउन समाधानका उपायसहितको फाइल बोकेर कहिले कुन मन्त्रालय त कहिले कुन विभाग र हाकिमहरु कहाँ दौडिरहेका हुन्छन् । उनको कुरालाई कसैले गलत भन्दैन, तर कसैले पनि समस्या समाधानको लागि पहल गर्दैन । ‘म आफै सरकारी जागिर खाएको मान्छे, तर नेपालको सरकारी पारा देख्दा दिक्क लाग्छ । आफैलाई सरकारी कर्मचारी थिएँ भन्दा पनि कस्तो कस्तो लाग्छ’ डा। भट्टराईले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -