काठमाडौं, ३० फागुन २०७६ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वस्थानीय विकास मन्त्री पूर्ण कुमार शेर्माको निधनको शोक प्रस्ताव पारित गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको आकस्मिक बैठकले स्वर्गीय शेर्माका शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै उनको सम्मानमा आज (शुक्रबार) देखि आइतबारसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
त्यसैगरी, चैत २ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र निधन भएको १३ दिनमा केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।








































