Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१६:३७ बिहान
- ADVERTISEMENT -

पक्की पुल निर्माणमा ढिलाइ हुँदा सास्ती

प्रकाशित मिति: २०७६ फागुन २४, शनिबार

956
Shares

तनहुँ, २३ फागुन २०७६  । भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिका जोड्ने गरी भागर दोभानस्थित सेती नदी माथि निर्माण गरिएको मोटरेबल पुल निर्माण कार्यमा ढिलाइ भएको छ । करिब १०५ मिटर लामो उक्त पुल विसं २०७६ चैत १५ गतेसम्म निर्माण सम्पन्न गर्ने सहमति भए पनि ठेकेदारको लापरवाहीका कारण एक वर्ष पुल निर्माणमा ढिलाइ भएको हो ।

तोकिएको अवधिभित्र सम्पन्न गर्न नसक्ने भएपछि समय थप गरिएको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी एवं इञ्जिनीयर सचिन श्रेष्ठले बताउनुभयो । “हामीले पटकपटक छिटो सम्पन्न गर्न भनेका छौँ, तर पनि काममा गति नदिँदा निर्माण कार्यमा ढिलाइ भएको हो”, उहाँले भन्नुभयो, “पुल निर्माणका लागि पछिल्लो समय थप भएसँगै विसं २०७७ फागुन मसान्तसम्ममा पुल निर्माण सम्पन्न गर्नुपर्ने छ ।”

पुलका लागि आवश्यक पर्ने चार फाउण्डेशनमध्ये तीन फाउण्डेशन निर्माण भइसकेका र अब एउटा फाउण्डेशन निर्माणका लागि काम अघि बढेको उहाँले जानकारी दिनुभयो । पुल निर्माण शुरु भएको झण्डै चार वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नहुँदा झोलुङ्गे पुलबाट मोटरसाइकल गुडाउँदा सर्वसाधारणले आवतजावतमा कठिनाइ भोग्नुपरेको छ ।

पुलबाट मोटरसाइकल तार्नको लागि जो कोहीले हिम्मत राख्दैन तर पनि कोही कसैले मोटरसाइकल कुदाउँदा पुल हल्लिने, पुलबाट तल देखिने नदीको रहर पारी भित्ताको अप्ठ्यारो घुम्तीका कारण यहाँ दैनिक दुर्घटना हुने गरेको स्थानीय बताउँछन् । कयौँ मोटरसाइकल चालकको पटकपटक उद्धार गरिएको पुल नजिकै घर भएका दीपक आलेले बताउनुभयो ।

पटकपटक झोलुङ्गे पुलमा मोटरसाइकल चिप्लिँदा दुर्घटना बढ्दै गएका स्थानीय स्थानीय ज्येष्ठ नागरिक विष्णुबहादुर आलेले बताउनुभयो । उक्त पुलको एडभेन्चर कन्ट्रक्सनसँग रु आठ करोड ८० लाख ५० हजार ८८३ मा निर्माण गर्ने सम्झौता गरे पनि पछि लागत संशोधन गरी रु १० करोड एक लाख ५० हजार ५९३ पुगेको इञ्जिनीयर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भिमाद र शुक्लागण्डकी जोड्ने दोभानको पुलसहित जिल्लामा नौ पुल निर्माणाधीन अवस्थामा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -