Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
३:०२:०८ दिउँसो
- ADVERTISEMENT -

सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई प्रभावित गर्न प्रयास गरेको भन्दै आपत्ति

प्रकाशित मिति: २०७६ फागुन १८, आइतबार

679
Shares

हेटौँडा, १८ फागुन २०७६ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले कार्यकर्तालाई प्रभावित गर्न प्रयास गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी सभापतिले विभाग गठनको नाममा पद बाढ्ने काम गरेको भन्दै विभाग गठन आफूहरुलाई मान्य नहुने उहाँले बताउनुभएको हो ।

नेपाल प्रेस युनियन मकवानपुर शाखाले आइतबार हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस वरिष्ठ नेता पौडेलले मुलुकमा बढ्दो भ्रष्टाचारविरुद्ध पार्टीले संसदभित्र र बाहिर आउन उठाउने समयमा आफै कमजोर देखिएको बताउनुभयो ।

काँग्रेस महामन्त्री सशाङ्क कोइरालाले पार्टीको १४ औँ महाधिवेशनको प्रक्रिया सुरु भएपछि विभाग गठन गर्नुको औचित्य र विभागको सङ्ख्या २८ बाट ४८ पु¥याउनुको आशय के हो भन्ने प्रश्न गर्दै पार्टी सभापतिबाट गरिएको विभाग गठन स्वीकार्य नभएको बताउनुभयो ।

काँग्रेस पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य प्रकाशमान सिंहले महाधिवेशनलाई निष्पक्ष र धाधरीरहित रुपमा सम्पन्न गर्ने समयमा महाधिवेशनलाई प्रभावित गर्ने गरी आचारसंहित विपरीत विभाग गठन गर्ने काम सभापतिले गरेकोमा विरोध जनाउँदै पार्टीलाई सुदृढ र प्रभावकारी बनाउन सभापति असफल भएको बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य डा। रामशरण महतले मुलुकमा भ्रष्टाचार बढेको, आयोजनाहरु असरल्ल भएको र बैङ्कहरुलाई बिगार्ने काम भएको बताउँदै मुलुकको नयाँ संरचनाअनुसारको परिपक्व नेतृत्वको अभाव भएको, प्रदेश र स्थानीय सरकार कमजोर भएको बताउनुभयो ।

पार्टी विधिअनुसार चल्नुपर्ने बताउनु हुँदै उहाँले भन्नुभयो, छ महिनाभित्रमा गठन हुनुपर्ने विभाग चार वर्षपछि गठन गर्नु आपत्तिजनक र विधान विपरीत छ ।

प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज (कुमार) अधिकारीको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा काँग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -