Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३१:०९ बिहान
- ADVERTISEMENT -

कोरोनाको जोखिम : उच्च सतर्कता अपनाइँदै

प्रकाशित मिति: २०७६ फागुन १७, शनिबार

748
Shares

काठमाडौंँ, १७ फागुन २०७६ । विश्वमै कोरोना भाइरस (कोभिड–१९) ले आक्रान्त बनाइरहेको अवस्थामा नेपालमा भाइरस प्रवेशै हुन नदिन सरकारले उच्च सतर्कता अपनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा राखेपछि सरकारले कोराना भाइरस फैलन नदिन उच्च सतर्कता अपनाएको जानकारी दिएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले डब्लूएचओले देशको स्वास्थ्य प्रणाली हेरेर जोखिम, उच्च जोखिम र अति उच्च जोखिममा राखेको बताउनुभयो । हाम्रो देशमा कोरोना भाइरसबाट हाल सङ्क्रमित कोही छैनन् तर डब्लूएचओले अति उच्च जोखिममा राखेको छ । यसअघि चीनबाट आएका एक नेपालीलाई कोरोना भाइरस भए पनि उपचार भइसकेको छ ।

महानिर्देशक श्रेष्ठले जापान, दक्षिण कोरिया लगायतका देशमा सयौँ व्यक्तिलाई सङ्क्रमण देखिएको छ तर ती देशलाई उच्च जोखिममा मात्र राखिएको छ भन्नुभयो । डब्लूएचओले नेपालको स्वास्थ्य प्रणाली अस्तव्यस्त भएका कारणले अति उच्च जोखिममा राखेको जानकारी पनि दिनुभयो । महानिर्देशक श्रेष्ठले नेपालसहित श्रीलङ्का, पाकिस्तान र अफगानिस्तान जस्ता देशलाई पनि अति उच्च जोखिममा राखेको जानकारी दिनुभयो । डब्लूएचओले अफ्रिकी मुलुकका अधिकांश देशलाई अति उच्च जोखिममा राखेको छ ।

चीनमा घट्दो क्रममा रहेको कोरोना विश्वका विभिन्न मुलुकमा भने बढ्दो रूपमा छ । नेपालमा कोरोना भाइरस छिरेको अवस्थामा यसले भयावह रूप लिने भएकाले डब्लूएचओले अति उच्च जोखिममा राखेको उहाँको तर्क छ ।

स्वास्थ्य सेवा विभागका माहानिर्देशक श्रेष्ठले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक पूर्व तयारी तीव्र बनाएको जानकारी दिनुभयो । उहाँले विभाग, महाशाखाले सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरी कोरोना भाइरसविरुद्ध सचेतनामा लागिरहेको जानकारी पनि दिनुभयो । महानिर्देशक श्रेष्ठले कोरोना फैलन नदिन थप उच्च सतर्कता अपनाएर काम गरिरहेको जानकारी पनि दिनुभयो ।

कोरोनाको प्रकोप बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई थप परीक्षण मजबुत बनाइएको छ । हेल्थ डेस्कका डा। प्रदीप यादवले दैनिक पाँच सयदेखि सात सय जनाको स्क्रिनिङ गर्ने गरेको जानकारी दिनुभयो । उहाँले हाल १२ स्वास्थ्यकर्मी स्क्रिनिङमा खटिएको जानकारी दिँदै थप १० स्वास्थ्यकर्मीको आवश्यकता रहेको स्पष्ट पार्नुभयो ।

विमानस्थलमा आउने यात्रुलाई थर्मल स्क्यानर र इन्फाइरेड थर्मामिटरका माध्यमबाट यात्रुको ज्वरो लिने काम गरिएको छ । हेल्थ डेस्कमा चीन, जापान, कोरिया, थाइल्यान्ड, हङ्कङ लगायतका देशबाट आएका यात्रुको ज्वरो नाप्ने काम हँुदै आएको छ ।

घाँटीको ¥याल परीक्षण गरिने

यसैबीच चीनको बुहानबाट सरकारले उद्धार गरेर ल्याएका नेपालीको शनिबार १४ दिन पुग्दैछ । क्वारेन्टाइनमा कम्तीमा १४ दिन बस्नुपर्ने भए पनि उनीहरूको घाँटीको ¥याल (स्वाब)को नमुना परीक्षण पुनः गर्नुपर्ने भएकाले थप दुईदेखि तीन दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्ने हुन्छ ।

क्वारेन्टाइन व्यवस्थापनमा खटिँदै आउनुभएका नेपाली सेनाका डा। नवीन फुँयालले शनिबार दुई सय जनाको घाँटीको स्वाबको नमुना परीक्षण गर्न लागिएको जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -