काठमाडौ, १६ फागुन २०७६ । विश्वका धेरै देशहरुमा शिक्षा र स्वास्थ्यजस्ता कुराहरु पुर्ण रुपमा निःशुल्क हुँदा नेपालमा भने केही फरक भएको छ । सरकारले पुस्तकमाथि कर लगाएपछि विरोध सुरु भएको छ । पूर्वमन्त्री एवं नेपाली कांग्रेस नेता गगन थापाले पुस्तकमा लगाइएको करबारे अर्थमन्त्री डा। युवराज खतिवडालाई जवाफ फर्काउनु भएको छ ।
विद्वान अर्थमन्त्रीज्यूले भन्नुभएछ;-‘पुस्तकमा कर लगाएको हो ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु’। मन्त्रीज्यू हामी पनि तयार छौँ । बहस कहाँ गराैं-संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ? गगन थापा
सञ्चारमन्त्री समेत्त रहनु भएका मन्त्री खतिवडाले ‘पुस्तकमा लगाइएको कर हट्दैन, बरु बहस गर्न तयार छु’ भन्नु भएको थियो । यसको जवाफमा नेता थापाले ट्विटर मार्फत आफु बहस गर्न तयार रहेको जवाफ फर्काउनु भएको छ । उहाँले लेख्नु भएको छ, ‘विद्धान अर्थमन्त्रीज्यूले भन्नुभएछ–पुस्तकमा कर लगाएको हो, ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु ।
मन्त्रीज्यू हामी पनि तयार छौं । बहस कहाँ गरौं–संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?’ सरकारका प्रवत्ता खतिवडाले बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वदेशी उद्यमलाई प्रोत्साहित गर्न ज्ञानमा नभई पुस्तकमा कर लगाएको र आफू बहस गर्न तयार रहेको जिकिर गर्नुभएको थियो । “विद्वान अर्थमन्त्रीज्यूले भन्नुभएछ, पुस्तकमा कर लगाएको हो ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु, भन्नुभयो ।








































