काठमाडौं, १६ फागुन २०७६ । नेकपाका चार शिर्ष नेताहरु बीच विशेष भेटवार्ता भएको छ ।
आज बिहान नेकपाका वरिष्ठ नेता माधवकुमार, झलनाथ खनाल र बामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमै पुगेर भेटवार्ता गरेका हुन् । नेताहरु बीच पछिल्लो राजनितिक घटनाक्रमको बिषयमा छलफल भएको बताइएको छ ।
त्यसैगरी आगामी दिनमा पार्टीलाई कसरी मिलाएर लाने भन्ने विषयमा समेत नेताहरुबीच छलफल भएको बताइएको छ ।
नेकपा भित्र बाँस्कोटा प्रकरण, वामदेवलाई राष्ट्रिय सभामा लाने लगायतका बिषयमा छलफल भएको बुझिएको छ ।
भेट वार्तामा प्रधानमन्त्री ओली अनुपस्थित हुनु भयो भने छलफलको अन्त्यतिर नेता वर्षमान पुन पुगेका थिए ।








































