Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
९:५७:४० राति
- ADVERTISEMENT -

राष्ट्रियसभामा दोहोरीः ललिता निवास र अडियो प्रकरणको छानबिन माग

प्रकाशित मिति: २०७६ फागुन १५, बिहीबार

885
Shares

काठमाडौं, १५ फागुन २०७६ । राष्ट्रियसभाको विशेष समयमा सत्ता र प्रमुख प्रतिपक्षी दलका सांसदबीच सरकारको कामका विषयलाई लिएर दोहोरी चलेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खिमलाल भट्टराईले  पार्टीभित्रको समस्या समाधान हुनुपर्नेमा ध्यानाकर्षण गराउँदै ललिता निवास प्रकरणमा गहिराइमा पुगेर छानबिन गरिनुपर्ने माग गरे ।

प्रदेशमा समेत प्रतिवर्ष ६ प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर भइरहेकाले देश विकास र समृद्धिमा अघि बढिरहेको उनको भनाइ थियो । पूर्वाधार विकासमा समेत फड्को मारेको र  सरकार समृद्धिको दिशामा अघि बढेको उनले जिकिर गरे ।

पोखरा र निजगढ विमानस्थलको काम अघि बढेको तथा कृषि, शिक्षा र स्वास्थ्यको कामसमेत असाध्य गतिका साथ लम्केको उनको भनाइ थियो । सत्तापक्षका सांसद लगत्तै बोलेका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका  बद्रीप्रसाद पाण्डेले भट्टराईप्रति लक्ष्य गर्दै अर्थमन्त्री पद रिक्त हुन लागेकाले बजेट भाषणको तयारी गरेको हो कि भनी व्यङ्ग्य गरे ।

राष्ट्रियसभालाई भारदारीसभामा परिणत नगर्न पनि उनले सुझाव दिए । तथ्याङ्कलाई मिथ्याङ्कले छोप्न खोजिएको को सांसद पाण्डेको आरोप थियो । “ पार्टीभित्र अडियो काण्डको छानबिन गर्न प्रधानमन्त्रीले राकेका छन्, त्यसका पछि प्रधानमन्त्री नै रहेको चर्चा बाहिर भइरहेको छ”, सांसद पाण्डेले भने ।

सांसद मुक्ताकुमारी यादवले अडियो काण्डका पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई बचाउन सरकार लागिपरेको आरोप लगाउँदै सो प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरे । सांसद विना पोखरेलले सुत्केरीलाई भारतमा २६ महीनाको बिदा दिइने व्यवस्था भएको र अन्य देशमा त्यसभन्दा बढी बिदा दिने गरिएकाले नेपालमा पनि छ महीनादेखि बढाउनुपर्ने व्यवस्था गर्न माग गरे ।

सांसद रमेशप्रसाद यादवले पर्यावरण बिग्रँदै गएकाले संरक्षणका लागि काम हुन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद यूटोल तामाङले ल्होसारमा सार्वजनिक बिदा काटिएको गुनासो गर्दै जनजाति बसोबास गरेको स्थानमा स्वायत्त क्षेत्र घोषणा गरिनुपर्ने माग गरे । धेरै पर्यटकीयस्थल कर्णाली प्रदेशमा रहेकाले त्यसको प्रचारप्रसार गरिनुपर्नेमा पनि उनको जोड थियो ।

सांसद कमलाकुमारी ओलीले संसदीय समितिको अनुगमनका क्रममा स्थानीय तहमा उपप्रमुखका गुनासो धेरै पाइएकाले न्यायिक समितिको समेत नेतृत्व गर्ने उपप्रमुखलाई कानूनी सल्लाहकारको व्यवस्था गरिदिनुपर्ने माग गरे।

सांसद रमेशजङ्ग रायमाझीले रु ७० करोडको सेक्युरिटी प्रेस काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्ने बाटो खोलिदिनुपर्ने बताए । सांसद खेमराज नेपालीले बताए। नेपाली सेना र नेपाल प्रहरीले बजाएको पुरानो धुन  परिवर्तन गर्न माग गरे।

कोभिड–१९ विरुद्ध लड्न माग

सांसदले नेपाल कोराना भाइरसको उच्च जोखिममा रहेकाले तयारी गर्न र त्यससम्बन्धी जानकारी संसदमा गराउन माग गरेका छन्। सभाको आजको बैठकको शून्य समयमा विमला पौडेलले ३४ देशमा कोभिड–१९ फैलिइसकेको र  चीनको छिमेकमा रहेको नेपाल सङ्क्रमणको उच्च जोखिममा रहेको उल्लेख गर्दै त्यसबारे तयारी के भइरहेको छ भन्नेबारे संसद्लाई जानकारी गराउन माग गरे।

सांसद शेरबहादुर कुँवरले कोभिड–१९ फैलिन नदिन प्राथमिकताका साथ तयारी गर्न सुझाव दिए । धेरै नेपाली रोजगारीका लागि गएको दक्षिण कोरियामा समेत भाइरहस फैलिएकाले विशेष तयारी गरिनुपर्ने सांसदको भनाइ थियो  ।

सांसद रामनारायण बिडारीले उद्योग बेचेर खाने चलन बस्दा रोजगारीलगायतमा समस्या परिरहेका बेला हेटौँडाको माछापोखरी नाशिन लागेको भनी बचाउन माग गरे ।

सांसद विन्दादेवी आले रानाले उपभोग्य वस्तुको मूल्य ४८ प्रतिशतसम्म वृद्धि हुँदा काम गरेर छाक टार्नेका जीवन धान्न मुश्किल भएको बताए। एउटै सामानका मूल्य पसलपिच्छे फरक हुँदा पनि सरोकार निकाय मौन बस्नाको रहस्य के हो भनी प्रश्न गरे।

सांसद हरिराम चौधरीले माध्यमिक शिक्षा निःशुल्क घोषणा गरिए पनि सामुदायिक विद्यालयमा शिक्षकको व्यवस्था हुन नसकेकाले कहिले पूरा हुन्छ भनी जिज्ञासा राखे।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -