काठमाडौं, १५ फागुन २०७६ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पूर्वप्रधानमन्त्री प्रचण्ड र पूर्वउर्जा मन्त्री जनार्दन शर्माले अवसर दिएकोले आफुले उज्यालो नेपाल बनाउने अवसर पाएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्ड र जनार्दन शर्मा उर्जा मन्त्रि भएका वेला उनलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाइको थियो । उनले आफ्नो कार्यकालको सरकार र सबै निकायको सहयोगका कारण लोडसेडिङको अन्त्य गनै सम्भव भएको उनको भनाई थियो ।
आफ्नो कार्यकाल सकिएपछि पुन त्यही पदमा रहने सोच नभएपनि सरकारले जिम्मेवारी दिए यसै काममा निरन्तरता दिने भन्दै उनले तीन वर्षभित्र सबै नेपालीको घर घरमा विजुली पुर्याइसक्ने उनले दावी गरेका छन् ।








































