काठमाडौं, १३ फागुन २०७६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाई लड्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
कांग्रेस नेता महेन्द्रनारायण निधिको ९८ औं जन्मजयन्तीका आवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले सरकारले शान्तिपूर्ण आन्दोलन पनि गर्न नदिएकाले फेरि एकपटक कांग्रेसले प्रजातन्त्रका लागि लड्नुपर्ने अवस्था आउन सक्ने बताए । उनले प्रजातन्त्रका लागि कुनै पनि समयमा अन्तिम लडाई लड्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेताहरुलाई एकजुट हुन आग्रह गरे ।
कुनैपनि किसिमको हिंसाबाट समाजलाई मुक्त गराउन र प्रजातन्त्रको खिलापमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने समेत प्रष्ट्याए । सभापति देउवाले कांग्रेसभित्र केही विवाद देखिए पनि त्यसको समाधान पार्टीभित्रैबाट खोजिएको दाबी गरे ।
उनले राष्ट्रको हितका लागि कांग्रेस सधैं एकजुट भएर लडाई लडेको भन्दै अब पनि अन्तिम लडाइ लड्न तयार रहेको बताए ।








































