Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:२९ बिहान
- ADVERTISEMENT -

‘मन्त्रीमण्डल पुनर्गठन हुदै ’

प्रकाशित मिति: २०७६ फागुन १३, मंगलबार

614
Shares

काठमाडौं, १३ फागुन २०७६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पार्टीभित्र र बाहिर आलोचित बन्दै आएको छ । सरकारले गतिकासाथ काम गर्न नसकेको भन्दै ओलोचित बन्ने क्रम बढ्दै गएपछि ओली मन्त्रीमण्डलको पुनर्गठनको तयारीमा जुटेको प्रधानमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ ।

सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री ओलीले काम नगर्ने मन्त्रीलाई हेरफेर गर्ने भन्दै पुनर्गठन तयारीमा जुटेको बताइएको छ । केही दिन अघिमात्र ओलीका विश्वासिला पात्र मानिने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा अडियो प्रकरणमा मुच्छिएर राजीनामा दिएपछि संकट आइपरेको छ ।

बाँस्कोटा प्रककण मात्र होइन । विभिन्न काण्डका कारण ओली नेतृत्वको सरकार अहिले विवादको घेरामा परेको छ । सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाको मन्त्रालयको जिम्मा अहिले अर्थमन्त्री डा। युवराज खतिवडालाई र रिक्त रहेको शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई दिएका छन् । २५ सदस्यीय ओली नेतृत्वको मन्त्रिमण्डलमा हाल दुई मन्त्रालयमा मन्त्री रिक्त छन् ।

रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्रीको जिम्मेवारी दिन, काम नगर्ने मन्त्रीलाई फेर्न र सरकारको काम सशक्त बनाउने योजनामा पुनर्गठन हुन लागेको छ । ओली नेतृत्वको सरकार २०७४ फागुन ३ गते गठन भएको थियो ।

त्यसपछि निरन्तर २०७४ फागुन १४, चैत्र २, २०७५ जेठ १८ गते, २०७५ साउन १४ गते, २०७५ फागुन १६ गते, २०७६ साउन १५ गते, २०७६ मंसिर ४ गते, २०७६ फागुन ५ र २०७६ फागुन ८ गते हेरफेर, पुनर्गठन थपघट हुँदै आएको थियो ।

यसरी हेरफेर, पुनर्गठन, थपघट हुँदै दुई वर्षको अवधिमा मन्त्रीहरुका अनुसार प्रतिबद्धताअनुसार नभएको बहस छ । ओली पछिल्लो पटक केही मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा परामर्श लिन थालेको स्रोतको भनाइ छ ।

बहुमतको नेकपा सरकारको नेतृत्व गरिरहेका ओलीले जनताका जनजीविकासँग जोडिएका सवालमा काम नभएको भन्दै पार्टीभित्र र बाहिर चर्को आलोचना हुँदै आएको छ । गत मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी र माघ १५ गतेदेखि २० गतेसम्म बसेको दोस्रो केन्द्रीय कमिटीको बैठकमा ओली नेतृत्वको सरकारको चर्को आलोचना भएको थियो ।

समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि ओली सरकार दुईतिहाइबाट बहुमतमा सीमित भएको छ । मधेसवादी दल समाजवादी बाहिरिएपछि सरकारमा अर्को मधेसवादी दल राष्ट्रिय जनता पार्टी (राजपा)लाई पनि सरकारमा ल्याएर दुईतिहाइ पुर्याउनुपर्ने बाध्यताको घेरामा छ ।

सरकारका कामलाई प्रभावकारी बनाउन र राजपालाई सरकार ल्याउने सवालमा नेकपा सचिवालयमा पटकपटक छलफल हुँदै आएको सचिवालय स्रोतले बताएको छ । ओली आफैँले पनि राजपाका शीर्ष नेताहरुसँग पटकपटक छलफल गरिरहेका छन् ।

प्रधानमन्त्री निकट एक सचिवालय सदस्यका अनुसार, ओलीले यही फागुनभित्र नै मन्त्रिमण्डलको पुनर्गठन गर्ने तयारी गरेका छन् । आगामी फागुन २० गतेबाट अर्थमन्त्री डा। युवराज खतिवडाको मन्त्री पद रिक्त हुँदैछ ।

गोकुल बाँस्कोटा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जस्तै डा। खतिवडा प्रधानमन्त्रीका विश्वासिला पात्र हुन् । नेकपा सचिवालयमा अहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूह अर्थमन्त्री खतिवडालाई निरन्तरता दिने पक्षमा छैन्न ।

ओली सचिवालयमा अल्पमत परेका छन् । प्रचण्ड–माधव समूहको चाहना फागुन २० पछि निर्वाचित सांसद सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउने पक्षमा छन् । अहिले ओली नरम करम मिलाएर पुनर्गठन गर्न शीर्ष नेताहरु गोप्य रुपमा छलफल गर्न थालेको नेकपा स्रोतको भनाइ छ ।

स्रोतका अनुसार, यही फागुनभित्र नै मन्त्रिमण्डल हेरफेर गरेर प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा किड्नी ट्रान्सप्लान्ट गर्ने तयारीमा छन् । किड्नी ट्रान्सप्लान्ट गर्नुअघि नै ओली आफु निकट र विश्वासिलो मन्त्रीमण्डल बनाउने तयारीमा पार्टीका शीर्ष नेताहरु र आफु निकट नेताहरुसँग छलफलमा जुटेको बताइएको छ ।

तर, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रीमण्डल पुनर्गठनको बारेमा आफुलाई जानकारी नभएको बताउँछन् । यसैगरी सचिवालय सदस्य झलनाथ खनालले नेकपाको शीर्ष नेताहरुमा संविधान संशोधनको छलफल सुरु भएपछि मन्त्रीमण्डलको पुनर्गठनको चर्चा नभएको बताए ।

यद्यपि श्रेष्ठ र खनाल मन्त्रीपुनर्गठन बारेमा नेकपा छलफल चलेपछि सार्वजनिक गर्न चाहेका छैनन् । नेकपाले अर्का सचिवालय सदस्य माधवकुमार नेपालको संयोकत्वमा सुवास नेम्वाङ र खिमलाल देवकोटा रहेको संविधान संशोधन गर्न अध्ययन कार्यदल गठन समेत गर्न लागेकोमा बीचमै तुहिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -