Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१५:१८ दिउँसो
- ADVERTISEMENT -

तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य

प्रकाशित मिति: २०७६ फागुन ६, मंगलबार

849
Shares

सिन्धुपाल्चोक, ६ फागुन २०७६ । नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ ।

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीका अनुसार चीनमा फैलिएको कोरोना भाइरसको त्रास र चिनियाँ ल्होसारका कारण चीनबाट आयात ठप्प भएको हो ।

चिनियाँको महìवपूर्ण पर्व ल्होसार र कोरोना सङ्क्रमण फैलने डरले दुई देशबीच व्यापारिक कारोबार हुन सकेको छैन । दुई हप्तादेखि चिनियाँलाई नेपाल प्रवेश र नेपालीलाई चिनियाँ भूभागमा जान दिइएको छैन । दुवै देशको आवतजावतमा रोक लगाइएपछि चीनबाट नेपालमा सामान आयात भएको छैन । गत जेठ १५ गतेबाट तातोपानी नाका सुचारु भए पनि हालसम्म नेपालबाट चीनमा निर्यात भएको छैन ।

नेपाली व्यापारी, व्यवसायी सामान लिन चिनियाँ भूभाग गएका छैनन् भने कन्टेनर चालक, सहचालक र मजदुर सीमामा कन्टेनर थन्क्याएर घर फर्केका छन् । भन्सारका कर्मचारी पनि हाजिर गरेर फुर्सदिला भएका छन् । भन्सारमा व्यापारी, व्यवसायीको उपस्थिति पनि देखिँदैन नाकाबाट कारोबार कहिले सुचारु हुन्छ निश्चित भएको छैन ।

दुई देशबीच आउजाउ नभएका कारण पर्यटकसमेत हालसम्म ओहोरदोहोर गर्न पाएका छैनन् । चालू आवको साउनयता माघ मसान्तसम्म तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट एक अर्ब सात करोड रुपियाँ राजस्व सङ्कलन भएको भन्सार प्रमुख खत्रीले जानकारी दिनुभयो ।

गत जेठ १५ गतेबाट तातोपानी नाका खुले पनि सहज रूपमा व्यापार गर्ने वातावरण नबन्दा व्यापारी अन्यत्र गएर काम गर्नुपर्ने बाध्यता भएको व्यापारी रमेशकुमार श्रेष्ठले दुखेसो व्यक्त गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -