गोरखा, १ फागुम २०७६ । भिमसेन थापा गाउँपालिका वडा न ८ र उधमशील कृषि सहकारीको संयुक्त आयोजनामा सिंचाई प्रबिधि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

थोपा सिंचाई प्रविधि भन्ने बित्तिकै इजरायलको नाम लिने गरिन्छ । तर, नेपाल आफैंले पनि थोपा सिंचाई प्रविधि विकास गरेको छ भन्ने धेरैलाई जानकारी नहुन सक्छ । विदेशी प्रविधि भित्रिनु अघिदेखि नेपालले थोपा सिंचाई प्रविधिको विकास र विस्तार गरेको थियो ।
भिमसेन थापा गाउँपालिका वडा नं ८ घाटबेसीमा कृषि प्रविधिकद्वारा व्यवहारिकसहित शितल थोपा सिंचाई प्रबिधि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
चितवन जिल्लामा जन्मिएका राजन गैरे २०५२ सालदेखि आइडिई नेपालमा थोपा सिंचाइको अनुन्धान र विकासमा संलग्न रहेका थिए । लामो समय विभिन्न संघसंस्थामार्फत थोपा सिंचाइको परामर्शदाताका रूपमासमेत काम गरेका गैरे हाल नेपालमै सञ्चालनमा रहेको शीतल थोपा सिंचाइ प्रविधि उद्योगको प्रविधि व्यवस्थापकका रूपमा काम गर्दै आएका छन् ।

यु एस ए आइडी किसान परियोजनाको साझेदारीमा शीतल थोपा सिंचाइ प्रविधि उद्योगबाट पश्चिमका ११ जिल्लाका १० हजार कृषक प्रत्यक्षरूपमा लाभान्वित भइसकेको छ । थोपा सिंचाइ प्रविधिको बजारीकरण, कृषि प्रसार लगायतका हजारौं कृषक तथा सरकारी कृषि प्राविधिकलार्ई तालिम प्रदान गर्दै आएका गैरे हाल डिसिए, इको–नेपालको स्वच्छ बगैंचा, स्वच्छ घर नामक कार्यक्रमको संयोजकसमेत रहेका छन् ।
गोरखाको ताङलिचोक तथा मकैसिंहमा ७ सयजना कृषकलाई स्वच्छ बगैंचा, स्वच्छ घरसम्बन्धी विभिन्न तालिम प्रदान गरिरहेका छन् । भिमसेन थापा गाउँपालिकाका कृषकलाई उक्त प्रविधिबाट फाइदा पुग्ने आशा गरिएको छ ।








































