सिन्धुपाल्चोक, २९ माघ २०७६ । विश्वलाई नै त्रसित पारिरहेको कोरोना भाइरसजस्तै शंकास्पद रोगको लक्षणसँग मिल्ने रुघाखोकी र अत्याधिक ज्वोरोजस्ता लक्षणका बिरामी सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा पनि देखिएको छ ।
बिरामीको संख्या एक सय नाघिसकेकोले गाउँपालिकाले सो लक्षणको परिक्षण गरी रोग पहिचानको लागी पठाउन स्वास्थ्य मन्त्रालयमा सहयोगको अपिल गरेको छ ।
गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र बाग्मती प्रदेश सरकारलाई पनि बोधार्थ पत्र पठाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, ‘विश्वमा फैलिइरहेको नोभल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अत्याधिक ज्वोरोजस्ता लक्षणका बिरामी देखा परेको हुँदा सोको परिक्षण गरी रोग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं’ ।










































