ललितपुर, २८ माघ २०७६ । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा यहि फागुन र चैत्र महिनाको हरेक शुक्रबार नि:शुल्क परमर्श दिइने भएको छ ।
“गुणस्तरीय निदान र उपचार : हाम्रो प्रतिबद्धता, नेपालीको क्यान्सर उपचार नेपालमा नै सम्भब” स्वरुप अधि बढि रहेको नेपाल क्यान्सर हस्पिटलमा यहि फागुन २ गते, फागुन २३ गते , चैत ७ गते र चैत २१ गतेका दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नि: शुल्क परामर्श हुने छ ।
उक्त परामर्शमा हृदय (मुटु) रोग सम्बन्धी परामर्श, श्वास प्रश्वास सम्बन्धी परामर्शका साथै बाल बच्चामा कुनै पनि किसिमको समस्या भएमा परामर्श दिइने नेपाल क्यान्सर हस्पिटलले जनाएको छ ।
हृदय (मुटु) रोग विशेषज्ञ डा.उजित कर्मचार्य, बाल रोग विशेषज्ञ डा.अन्जली पण्डित,श्वास प्रश्वास विशेषज्ञ डा. बिश्वास शर्माले परामर्श दिनु हुनेछ ।









































