काठमाडौँ, २६ माघ २०७६ । चलचित्र ‘मन्त्र’ को फर्स्टलुक पोस्टर सार्बजनिक गरिएको छ ।
खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘मन्त्र’ लभ स्टोरी जनराको चलचित्र हो । चलचित्र ‘मन्त्र’ हिमाली भेगको प्रेमकथा बोल्छ ।
गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर नेपाली फिचर फिल्म तयार चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको सहनिर्माता वीरबहादुर लामाले जानकारी दिनुभयो । सार्बजनिक ट्रेलरमा गोरखाको हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको छ ।
सार्बजनिक टिजरमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, बुद्दि तामांङ,दिया पुनलाई स्थान दिईएको छ । चलचित्रमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाईएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण टिम बिश्वस्त रहेको छ ।
चलचित्रमा सौगात मल्ल, बुद्दि तामांङ, दिया पुन, नमिता घिसिङ्ग, बिर बहादुर लामाको मुख्य भूमिका रहेको छ । चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत रहेको छ ।
संजय लामाले छायांकन गरेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् । मुभी र्याकको ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता मनोज राजभण्डारी हुन् । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की, सुरेश कार्की, बिर बहादुर लामा र सुभ श्रेष्ठ सह निर्मातामा रहेका छन् ।








































