गोरखा, २५ माघ २०७६ । नेविसंघका गोरखा अध्यक्ष सुवास अधिकारीको प्रमुख आतिथ्यतामा गोरखाको पालुङटारमा रहेको भवानी बहुमुखी क्याम्पसमा सुनिता थापा अधिकारीको अध्यक्षतामा नेपाल विद्यार्थी संघ इकाई गठन गरिएको छ ।
नेविसंघ पालुङटार नगरसंयोजक अनिल थपलियाको अध्यक्षतामा भएको विद्यार्थी भेलाले अधिकारीलाई अध्यक्ष चयन गरेको हो ।
नेपाल विद्यार्थी संघ इकाईको उपाध्यक्षमा सुदप देवकोटा, सचिवमा विजय विक, सह-सचिवमा सिमा विक, सुजता गिरी, कोषाध्यक्षमा भरत गिरी चयन गरिएको छ ।
त्यसैगरी, सदस्यहरुमा विष्णु गिरी, सुष्मा थापा, सुजन विक, संगिता श्रेष्ठ, रोशिला गुरुङ, सुष्मा थापा मगर, विनुसा श्रेष्ठ, पूजा गिरी र अस्मिता देवकोटा सदस्यमा निर्विरोध चयन हुनु भएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस पालुङटार नगर सचिव सरोज देवकोटा, नेविसंघका पूर्व जिल्ला उपसभापति रमेश बस्ताकोटी, जिल्ला सचिव मिलनसिं बस्नेत लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।








































