काठमाण्डौँ, २२ माघ २०७६ । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। शर्माको उपचारका क्रममा बुधबार बिहान ११ बजे मनमोहन अस्पतालमा निधन भएको हो। मनमोहन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरीरहेका शर्माको आज बिहान निधन भएको हो ।
इन्फेक्सनको समस्या भएपछि शुरुमा गंगालाल अस्पताल भर्ना गरिएको थियो।
गंगालालमा ५ दिन उपचार गरी उहाँलाई हिजो राती ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। उनका एक श्रीमती र दुई छोरा छन् ।
दुर्गानाथ शर्मा अग्रणी नेपाली पत्रकारहरूमध्ये गनिन्छन्। नेपाल टेलिभिजनको महाप्रबन्धक भैसकेका शर्मा हाल एक निजी टेलिभिजन कम्पनीको संस्थापक पनि थिए। नेपाल टेलिभिजनमा विश्व घटना नामक कार्यक्रम उनैले शुरू गरेका हुन्। शर्माको जन्म इलाम जिल्लाको फिक्कलमा भएको थियो।









































