काठमाडौं, २० माघ २०७६ । लोक तथा दोहारी गीत प्रतिष्ठाका नेपालका निबर्तमान केन्द्रिय अध्यक्ष बद्री पंगेनिका पिता बोधराज पंगेनिको ७१ बर्षको उमेरमा सोमबार बिहान ९ बजेर १५ मिनेटमा उहाँको निधन भएको हो ।
स्वास्थ्यमा दमको समस्या भएका पंगेनीलाई उपचारका लागी ग्रिन सिटी अस्पताल लैजादै गर्दा बाटोमै उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
वि. स. २००५ फाल्गुन २१ गते पाल्पा जिल्लाको रामपुर नगरपालीका वडा नं ९, कठानमा जन्मनु भएका बोधराज पंगेनीका दुई छोरा र दुई छोरी छन् ।
हाल जेठा छोरा बद्री पंगेनी सँगै काठमाण्डौमा बस्दै आउनु भएको थियो । उहाँको चिर शान्तिको कामना गर्दै शोकसन्प्त परिवार जन प्रति धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै भगवान संग प्राथना गर्दछौँ ।









































